IME Life
Beema Board

तिहार विदा अगाडी शेयर बजारमा उछाल, सर्वोच्चको आदेशले हौसिए लगानीकर्ता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लगातार घटिरहेको शेयर बजार तिहार विदा अगाडी दोहोरो अंकले सुधार भएको छ । सर्वोच्चले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रकृयाँ रोक्न अल्पकालिन आदेश दिए सँगै शेयर बजार भने बढेको छ । ठुलो लगानीकर्ताले नयाँ स्टक एक्सचेन्जका लागि पैसा जोहो गर्दा पछिल्लो समय शेयर बजार बढ्न सकेको छैन ।

यसै क्रममा सर्वोच्चले तत्काल नयाँ लाइसेन्सको प्रकृयाँ रोक्ने आदेश दिए सँगै अव चुनाव पछि मात्रै लाइसेन्स प्रकृया अगाडी बढ्नेछ । चुनाव पछि नयाँ राजनीतिक समिकरण आउने हुँदा अहिलेको अवस्थाकै निरन्तरता पाउछ पाउदैन भन्न सकिदैन त्यसैले पनि आज शेयर बजारमा केहि सुधार देखिएको हो ।

Prabhu
Crest

बजार बढ्नुको अर्को कारण तिहार पछि बैंकिङ प्रणालीमा नयाँ निक्षेप आउने र तरलता केहि सहज हुने अनुमान गरिएको छ । दशै तिहारका लागि व्यवसायीले ठुलो रकम आयातका लागि बाहिर पठाएका थिए । अव उक्त व्यवसायीले उपभोक्ताबाट उक्त रकम फिर्ता लिने भएकाले बैंकिङ प्रणालीमा थप निक्षेप आउने र तरलता सहज हुने अनुमान गरिएको छ ।

यस साताको पहिलो तथा अन्तिम कारोबारमा नेप्से सूचक १४.३५ अंकले सुधार भएको छ । सूचकमा सुधार सँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । आज ५१ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज १३५ वटा कम्पनीको शेयर मूल्य बढ्दा ३९ वटाको घटेको छ । सर्वाधिक धेरै रु.रु र सयपत्री हाइड्रोपावरको शेयर मूल्य बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा म्युचुअल फण्ड छन् । सर्वाधिक धेरै एभरेष्ट बैंकको ५ करोड १६ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

बजार लगातार घटिरहेकाले पछिल्ला दिनमा लगानीकर्ताको सक्रियता पनि घटिरहेको छ । एकोहोरो घटिरहेकाले ठुला तथा अन्य लगानीकर्ता बजार बाहिरै छन् । अल्पकालिन लगानीकर्ता बाहेक अन्य लगानीकर्ता बजार कहिले बढ्छ भनेर कुरिरहेका छन् । जवसम्म बजार बढ्ने संकेत देखिदैन त्यो समुहको बजारमा प्रवेश हुने देखिदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

88%

उत्साहित

13%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS