Connect IPS
IME Life

धितोपत्र बोर्ड र बीमा समितिले नेपाल लाइफलाई शेयरधनी संरचना अनुसार सञ्चालक नियुक्त गर्न निर्देशन दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा क्षेत्रको नियामक बीमा समिति र धितोपत्र बजारको नियामक नेपाल धितोपत्र बोर्डले नेपाल लाइफको शेयर संरचना अनुसार सञ्चालकको पनि संरचना परिवर्तनको विषयमा छलफल गरेर निर्देशन दिने भएका छन् ।

नेपाल लाइफले अहिले आह्वान गरेको साधारणसभामा शेयरधनी संचरना परिवर्तन गर्नु पर्ने थियो तर त्यो नदेखिएको हुँदा छलफल गरेर बोर्डले आवस्यक निर्देशन दिने नेपाल धितोपत्र बोर्डका उप-कार्यकारी निर्देश रुपेश केसीले जानकारी दिए ।

Prabhu
Crest

कम्पनीको सूचना हेर्दा कम्पनीलाई निर्देशन दिनु पर्ने देखिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । उनले भने ‘संस्थागत सुशासन तथा प्रचलित व्यवस्था अनुसार कम्पनीले शेयरधनी संरचना परिवर्तन गर्नु पर्ने हो तर साधारणसभाको सूचनामा भने देखिएन त्यसैले समितिले आवश्यक निर्देशन दिनेछ ।’

नेपाल लाइफले गत चैत २१ गते सम्पन्न गरेको २१ औ वार्षिक साधारणसभाबाट शेयरधनी संरचना ५१:४९ मा परिवर्तन गर्ने निर्णय पारित गरेको थियो । सोही अनुसार कम्पनीले गत साउनमा ९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत गरेको थियो । यस हिसावले कम्पनीको ६ सञ्चालक मध्ये सर्वसाधारण समुह तर्फबाट प्रतिनिधित्व गर्ने शेयरधनीको संख्या तीन जना हुनु पर्छ ।

कम्पनीले आज २२ औ वार्षिक साधारणसभा आह्वान गर्दा शेयरधनी संरचना अनुसार सञ्चालकको संरचना परिवर्तन गर्ने एजेण्डा भने प्रस्तुत गरेन । बैंकहरुले शेयरधनी संरचना परिवर्तन गर्दा सँग सँगै सञ्चालकको संरचना पनि परिवर्तन गर्ने गरेको पाइन्छ । तर बीमा कम्पनीहरुमा भने एक वर्ष भए पनि संस्थापककै प्रतिनिधिलाई कायम राखिरहुँ भन्ने मानसिकता देखिन्छ ।

बैंक बीमा क्षेत्रमा ७ जना सञ्चालन हुने व्यवस्था छ । जसमा एक जना स्वतन्त्र सञ्चालक रहन्छन् । बाँकी ६ जना सञ्चालकको हकमा शेयर संरचना अनुसार तलमाथि हुन्छ । आइपिओ निष्काशन पछि सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दुई जना सञ्चालक निर्वाचित हुन पाउछन् ।

६ सञ्चालक मध्ये एउटा सञ्चालकले १६.६६ प्रतिशत शेयरको प्रतिनिधित्व गर्छन् । यहि हिसावले शेयरधनीको प्रतिनिधित्व रहन्छ । नेपाल लाइफको सर्वसाधारण समुहको हिस्सा ४९ प्रतिशत र संस्थापकको हिस्सा ५१ प्रतिशत रहेको हुँदा सर्वसाधारण समुह तर्फबाट कम्तिमा पनि तीन जना हुँनै पर्छ । नेपाल लाइफले पुरानै संरचनालाई यथावत राख्न खोजेको देखिन्छ ।

नेपाल लाइफले संचालकको संरचना परिवर्तन गर्ने एजेण्डा नराखी बोलायो साधारण सभा

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS