Connect IPS
IME Life

सिटिजन लाइफको रुपन्देही शाखाले गर्याे बीमा सचेतना र्याली

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफल इन्स्योरेन्स कम्पनीले पाँचौं वर्ष पूरा गरी छैटौं वर्षमा प्रवेश गरेको अवसरमा लुम्बिनी प्रदेशमा बीमा सचेतना र्याली कार्यक्रम सम्पन्न गरेको छ । सयौंको सहभागीतामा जीवन बीमा गर्न आह्वान गरिएको प्लेकार्ड, तुल ब्यानरसहित बुटवल देखी भैरहवा २० किलोमिटर लामो दुरी परिक्रमा गरेर जनतालाई बीमा सचेतना जगाउने प्रयत्न गरेका हो ।

बुटवल पुष्पलालपार्कबाट सुरु भएको बीमा सचेतना र्याली चौराहा, जोगीकुटी, ड्रइभरटोल, मणिग्राम, मंगलापुर, भलवारी, कोटीहवा हुदै भैरहवा सम्म भएको थियो । बीमा सचेतना सम्बन्धी प्लेकार्ड, तुल ब्यानर सहित मोटरसाइकलमा निकालिएको र्‍यालीमा १०० जना भन्दा बढि कर्मचारी तथा बीमा अभिकर्ताहरुको सहभागिता रहेको थियो साथै रुपन्देही जिल्ला प्रशासन कार्यलय, जिल्ला प्रहरी कार्यलय र जिल्ला ट्राफिक कार्यालयबाट पनि पूर्ण सहयोग र समर्थन भएको थियो ।

Prabhu
Crest

पाँचौं बार्षिकोत्सवको अवसरमा आयोजित र्यालीलाई सम्बोधन गर्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय शाखा प्रवन्धक भैरहवा का नरेश सिग्देल र क्षेत्रीय शाखा प्रवन्धक बुटवलका दुर्गाराज ढकालले बीमा कर्मचारी तथा अभिकर्ताहरुलाई बीमा सचेतना फैलाउन निर्देशन दिए । उनले बीमा सचेतनाबाट मात्रै नेपालमा विकासको विकास र देशको आर्थिक समृद्धि सम्भव भएको बताउँदै व्यक्तिगत विकाससँगै देश विकास अनि जनतालाई बीमाद्धारा रक्षावरण गर्न गाउँ गाउँमा बीमा सचेतना पुर्याउन आह्वान गरे ।
यही कार्तिक २ गते परेको बार्षिकोत्सव कार्तिक १ गतेदेखि नै सप्ताहव्यापी रुपमा मनाउने निर्णय गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS