काठमाडों । नेपाल इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.४२११ प्रतिशत नगद गरि कुल ८.४२११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।