Connect IPS
IME Life

सूर्या र ज्योति लाइफले डाके साधारणसभा, स्वाप रेसियो १:८२.४५ सहित नाम ‘सूर्यज्योति लाइफ’ अनुमोदन गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मर्जरको प्रस्ताव सहित  साधारणसभा आह्वान गरेका छन् । दुबैले कार्तिक २८ गते छुट्टा छुट्टै साधारणसभा डाकेका छन् । सूर्या र ज्योति एक बराबर ०.८२.४५ को अनुपातमा गाभ्ने गाभिने भएका छन् ।

मर्जर पछि बन्ने कम्पनीको नाम ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी’ रहनेछ । दुबै कम्पनीले मर्जरका क्रममा भएको अन्तिम सहमतिपत्रलाई साधारणसभाबाट अनुमोदन गर्ने विशेष प्रस्ताव पेश गर्दैछन् । दुबैले मर्जर पछि कायम हुने कम्पनीको सञ्चालक समितिको सदस्य  प्रतिनिधित्व गर्ने सञ्चालकलाई अनुमोदनका लागि सभामा पेश गर्ने भएका छन् । साथै अहिले भएका दुबै कम्पनीका सञ्चालकको पदावधि स्वत समाप्त हुनेछ ।

Prabhu
Crest

साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव अनुमोदन पछि आवश्यक प्रकृयाँ अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी दिनेछ । विशेष साधारणसभा असार १३ गतेसम्म कायम शेयरसदस्यहरुले भाग लिन पाउने छन् । सभाले डिडिए प्रतिवेदनलाई अनुमोदन गर्नुका साथै स्वीकृति प्रदान गर्नेछ ।

सूर्या लाइफ र ज्योति लाइफ जीवन बीमाको इतिहासमा पहिलो मर्जरको इतिहास बनाउदैछन् । प्राइम, युनियन र गुराँसले सबैभन्दा पहिला मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरे पनि उनिहरुको मर्जर अहिलेसम्म पनि सफल हुन सकेको छैन । तर यो भन्दा पछि मर्जरको सहमति गरेका सूर्या र ज्योतिले भने सबैभन्दा पहिला सफल मर्जर गर्ने भएका हुन् ।

द्बै कम्पनीको संस्थापकहरु एउटै समुहका भएकाले पनि सूर्या र ज्योतिमा खासै विदान नआइ मर्जर सफल हुन थालेको हो । मर्जर पछि बन्ने कम्पनीको सञ्चालक समितिको अध्यक्ष केशब प्रसाद भट्टराई हुनेछन् । प्रमुख कार्यकारी अधिकृत भने ज्योति लाइफका प्रकाश बिक्रम खत्री हुने सहमति भइसकेको छ भने सूर्याका सिइओ पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

25%

दु :खी

13%

अचम्मित

0%

उत्साहित

13%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS