Connect IPS
IME Life

क्षेत्रिय श्रम कार्यालयले समेत पाए वैदेशिक राेजगारीका लागी पूर्व र अन्तिम स्वीकृति दिने अधिकार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डाै‌ । वैदेशिक राेजगार विभागले प्रादेशिक स्तरमा समेत श्रम तथा राेजगार कार्यालयहरुलाई वैदेशिक राेजगारका लागी निश्चित स‌ंख्यामा पूर्व र अन्तिम स्वीकृति प्रदान गर्ने अधिकार प्रत्यायाेजन गरेकाे छ । विभागले प्रदेश नं. १ काे विराटनगर, मधेशकाे जनकपुर, गण्डकीकाे पाेखरा, कर्णालीकाे सुर्खेत र सुदूरपश्चिमकाे धनगढीस्थित श्रम तथा रोजगार कार्यालयलाई अधिकार प्रत्यायाेजन गरेकाे हाे ।

ती कार्यालयले व्यक्तिगत श्रम स्वीकृती वा संस्थागतरूपमा श्रम स्वीकृति माग गर्नेलाई वैदेशिक रोजगारमा कामदार पठाउन निश्चित संख्यामा पूर्व तथा अन्तिम स्वीकृति जारी गर्न सक्ने भएका छन् । यी कार्यालयलाई वैदेशिक रोजगारको लागी श्रम स्वीकृतिसम्बन्धी कार्य गर्ने अधिकार यसअघि नै प्रत्यायोयाेजन गरेकाे थियाे ।

Prabhu
Crest

विभागले क्षेत्रीय कार्यालयहरुलाई वैदेशिक राेजगारीका लागी कामदार पठाउनकाे लागी म्यानपावर कम्पनीले आवेदन संकलन गर्न विज्ञापन गरे,नगरेको अनुगमन गर्ने अधिकार पनि प्रत्यायाेजन गरेकाे छ ।

नेपाल राष्ट्र बै‌ंकले सार्वजनिक गरेकाे देशकाे आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदनमा चालू आर्थिक वर्षकाे साउन र भदाै गरी दुई महिनाकाे अवधिमा वैदेशिक राेजगारीका लागी विदेशीने जनशक्तिकाे संख्या १ लाख नाघेकाे छ । बैंकका अनुसार पुन श्रम स्वीकृति लिने कामदारकाे स‌ंख्या दुई महिनाकाे अवधिमा गत आवकाे साेही अवधिकाे तुलनामा ७०‍ प्रतिशतले वृद्धि भएकाे छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS