IME Life
Beema Board

उच्च शिक्षाका लागी विदेशिने बढ्दा दुई महिनामै रु. १२.७६ अर्ब बाहिरियो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डौं । उच्च शिक्षालाई माध्यम बनाएर विदेशिने जनशक्ति बढ्दै जाँदै चालू आर्थिक वर्षको पहिलो दुई महिनामै १२ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आ.व.को साउन र भदौ महिनाको तथ्यांक अनुसार आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार उच्च शिक्षा अध्ययनका लागी विदेशिने यूवाहरुसँगै यति ठूलो रकम समेत बाहिरिएको हो ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको भदौ मसान्तसम्ममा जम्मा ६ अर्ब ३७ करोड रुपैयाँ उच्च शिक्षा अध्ययनको लागी बाहिरिएको थियो । समीक्षा अवधिमा गत आ.व.को पहिलो दुई महिनाको तुलनामा शत प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । मुलुकमा राजनीतिक अन्याैलता बढ्दै जानुकाे साथै आर्थिक अवस्था समेत निराशाजनक रहेकाले पछिल्लाे समयमा उच्च शिक्षा अध्ययनलाई माध्यम बनाएर वैदेशिक राेजगारीका लागी विदेशिने यूवा जमात बढ्दै गएकाे छ ।

Prabhu
Crest

यसबाहेक खुद सेवा आय समेत १८ अर्ब ६३ करोड रुपैयाँले घाटामा रहेको छ । यो गत आ.वको समीक्षा अवधिको तुलनामा बढी हो । गत आवको भदौसम्ममा १७ अर्ब ५२ करोड रुपैयाँ घाटामा रहेको थियो । खुद सेवा आय घाटामा भएपनि भ्रमण आय ७२.२ प्रतिशतले वृद्धि भएर ५ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । गत आ.व.को सोही अवधिमा जम्मा ३ खर्ब ४६ करोड रुपैयाँ रहेको थियो ।
भ्रमण आय ७२.२ प्रतिशतले वृद्धि हुँदा भ्रमण व्यय पनि ६२.७ प्रतिशतले वृद्धि भएर १७ अर्ब ९५ करोड रुपैयाँ बाहिरिएको छ । यसमा शिक्षातर्पmको व्यय १२ अर्ब ७६ करोड रुपैयाँ समेत समावेश छ । अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय ६ अर्ब ३७ करोड सहित भ्रमण व्यय ११ अर्ब ३ करोड रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS