काठमाडौं । सिटिजन्स बैंकको सोह्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा बिहान अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा सम्पन्न भएको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पारित भएको छ ।
सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल एवं लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको बैंक तथा बैंकको सहायक कम्पनीहरु सहितको एकीकृत वासलात,नाफा नोक्सानको हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी पारित गरेको छ ।
त्यस्तै, समितिबाट प्रस्ताव गरे अनुसार ९ प्रतिशतका दरले हुन आउने १,२७,८०,८७,६६१ बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृत गर्ने विषयहरु साधारण सभाका प्रस्तावहरु पारित भएको छ ।
सिटिजन्स बैंक १८० वटा शाखा, १३२ वटा एटिएम र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।