IME Life
Beema Board

गभर्नर अधिकारी आईएमएफ–विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी भई स्वदेश फिर्ता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गभर्नर महा प्रसाद अधिकारी २०७९ असोज २४ देखि ३० सम्म संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डि.सी.मा आयोजित आईएमएफ–विश्व बैंकको वार्षिक बैठकमा सहभागी भएर स्वदेश फर्किएका छन् ।

उक्त कार्यक्रममा १९० सदस्य राष्ट्रका केन्द्रीय बैंक तथा मौद्रिक अधिकारीहरूको सहभागिता रहेको थियो । बैठकमा बोर्ड अफ गभर्नरका अध्यक्ष हसन अबदुल्ला, विश्व बैंक समुहका अध्यक्ष डेभिड मालपास र आइएमफका प्रवन्ध निर्देशक क्रिष्टालिना जर्जीभाले संबोधन गरेका थिए । उनहरुले विश्व अर्थतन्त्रमा देखिएका जोखिमहरू र यसको निराकरणको लागि विश्वले अपनाउनु पर्ने नीतिगत उपायकाबारे प्रकाश पारेका थिए । गभर्नर अधिकारीले विभिन्न कार्यक्रम तथा बैठकमा सहभागिता जनाएका थिए ।

Prabhu
Crest

उनि सार्क मुलुकका गभर्नरहरूसँग सामूहिक ब्रेकफाष्ट मिटिङमा सहभागी भएका थिए । सोही कार्यक्रमको अवसरमा बङ्गलादेश बैंकका गभर्नर अब्दुर रौफ तालुकदार, भारतीय रिजर्व बैंकका गभर्नर शक्तिकान्त दास, माल्दिभ्स मनिटरी अथिरिटिका गभर्नर अलि हसिम, स्टेट बैंक अफ पाकिस्तानका गभर्नर जमिल अहमद र सेन्ट्रल बैंक अफ श्रीलंकाका गभर्नर डा. पि. नन्दलाल विरासिंघेसँग द्विपक्षीय रूपमा क्षेत्रीय अर्थ व्यवस्थाका बारेमा छलफल भएको थियो ।

त्यसैगरी गभर्नर अधिकारीले भारतीय अर्थमन्त्री निर्मला सितारमणसँग पनि अनौपचारिक भेटवार्ता गरेका थिए । उक्त वार्षिक बैठकमा भाग लिन गभर्नर अधिकारीका साथै आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ सहभागी भएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS