IME Life
Beema Board

प्रथम त्रैमाशको अन्तिम दिन व्याज र किस्ता मिलान हुँदा ४१ अर्बले निक्षेप बढ्दा ३५ अर्बको कर्जा विस्तार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बैंक वित्तीय संस्थाले पहिलो त्रैमाशको अन्तिम दिन ४१ अर्ब निक्षेप संकलन गरि ३५ अर्ब कर्जा विस्तार गरेका छन् । बैंकहरुले त्रैमाशको अन्तिम समयमा ऋणीहरु सँग उठाउनु पर्ने व्याज र किस्ताको हिसाव मिलान गर्दा निक्षेप र कर्जा दुबै विस्तार भएको हो ।

बैंकहरुले खराव कर्जा बढ्न नदिन ऋणीहरुलाई बोलाएर व्याज र किस्ता बापतको रकम कर्जा मार्फत नै मिलान गर्ने गरेका छन् । यदि ऋणीले व्याज र किस्ता तिर्न सकेन भने बैंकहरुले सो बापतको रकम ऋणमै थप गरि हिसाव मिलान गर्ने गरेका हुन् ।

Prabhu
Crest

यसका साथै कतिपय ऋणीले व्याज र किस्ता आफैले तिर्ने गर्छन् । यसले गर्दा प्रणालीमा निक्षेप र कर्जा दुबैमा बृद्धि भएको छ । असोज ३० गते बैंकिङ प्रणालीमा ५१ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप थियो । असोज ३१ गते ४१ अर्बले बढेर ५१ खर्ब ७० अर्ब पुगेको छ । बाणिज्य बैंकहरुको मात्रै २९ अर्बले बढेर ४५ खर्ब ४७ अर्ब पुगेको छ ।

बैंकहरुले असोज ३१ गते एकै दिन ३५ अर्बले कर्जा विस्तार गरि ४७ खर्ब ५७ अर्ब पुर्याएका छन् । यसमा अधिकाम्स रकम व्याज र किस्ता जोहो गर्नका लागि प्रयोग भएको छ । बाणिज्य बैंकहरुले मात्रै ३२ अर्ब कर्जा विस्तार गरेका छन् ।

सिडी रेसियो पनि ८६.९१ प्रतिशतमा झरेको छ । बैंकहरुको अल्पकालिन व्याजदर नै ह्वात्तै बढेको छ । २८ दिन अवधिको यस्तो व्याजदर ८.६२ प्रतिशत छ भने तीन महिना अवधिको १०.७२ प्रतिशत, ६ महिना अवधिको १०.८५ प्रतिशत र एक वर्ष अवधिको १०.७७ प्रतिशत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS