Connect IPS
IME Life

बीमाका लागी गोजीको पैसा हाल्न हिच्किचाउन थाले जीवन बीमकका शाखा प्रबन्धक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बजारमा तरलता अभावसँगै जीवन बीमाको लागी नगद झिक्न चाहनेहरुको संख्या खुम्चिंदै गएपछि बीमा कम्पनीको शाखा प्रबन्धकहरुको तनावको ग्राफ उकालो लाग्न थालेको छ । जीवन बीमा गर्छु भन्ने तर गर्नको लागी तत्कालै पैसा छैन भन्नेहरुको बाहुल्यता बढेपछि जीवन बीमा कम्पनीका शाखा प्रबन्धकहरु तनावमा देखिन्छन् । पोहोरको भन्दा आधा पनि व्यापार हुन सकेको छैन, एकजना क्षेत्रिय प्रबन्धकले भने,कसरी हुन्छ अहिलेको संकटमा जागिर जोगाउने भन्ने मात्रै ध्याउन्न छ ।

बजार खुम्चिएको समयमा घुर्काएर अर्को कम्पनी जान्छु भन्ने हिम्मत जुटाउन समेत सकेका छैनन् । अर्कोतर्फ जीवन बीमा कम्पनीहरुबीच जारी मर्जर सम्झौताका कारण समेत अवसर खुम्चिएपछि उनीहरुको मोलतोल(बार्गेन) गर्न सक्ने क्षमता संकुचित भएको छ ।

Prabhu
Crest

पहिले गोजीको पैसा हालेर नि बीमालेख जारी गरिन्थ्यो,एकजना शाखा प्रबन्धकले भने, अहिले बजारको हालत देखेर जोखिम मोल्न सकिएन । मासिक,त्रैमासिक, अद्र्धवार्षिक वा वार्षिक लक्ष्य पुरा गर्न वा व्यापारमा वृद्धि हासिल गर्नको लागी जीवन बीमा कम्पनीका शाखा प्रबन्धक र बिक्रीको जिम्मेवारीमा कार्यरत कर्मचारीहरु पछि पैसा उठाउने विश्वासमा आफैंले जोहो गरेरै भएपनि प्रथम बीमाशुल्कवापतको रकम जम्मा गरिदिन्थे ।

आफूले विश्वास गरेको र एक दुई महिनाको अवधिमा यस्तो रकम फिर्ता पाइने अनुभवको आधारमा उनीहरुले उधारोमा लगानी गरेका हुन् । तर अहिले शेयर बजार, घरजग्गा कारोबार, बैंकको कर्जा लगानी सबै ओरालो लागेकाले उनीहरुले पैसा जुटाउन सकेका छैनन् ।

बजारमै मन्दी छ, जीवन बीमा व्यापार खासै उत्साहप्रद हुन नसकेकोमा असन्तुष्ट देखिने एकजना अर्का शाखा प्रबन्धकले भने, अहिले उधारो बीमावापतको रकम नउठ्ने जोखिम पनि उत्तिक्कै छ । त्यसैले थोडा खाना, बनारश जाना भने झैं हामी पनि पर्ख र हेरको अवस्थामा छौं ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

9%

खुसी

76%

दु :खी

9%

अचम्मित

3%

उत्साहित

3%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS