काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १ दशमलव ३८ अंकले घटेर १,८४४ दशमलव १४ को विन्दुमा कायम भएको छ । आज ७८ कम्पनीको शेयर मुल्य बढेको छ भने ९५ कम्पनीको शेयर मुल्य घटेको छ । आज ट्रेडिङ, विकास बैंक र इन्भेष्टमेन्ट उपसूचक बढेका छन् ।
आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनकिा लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका हुन् । विन्ध्यावासीनि हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ४ दशमलव ३७ प्रतिशतका दरले कमाएका छन् । विशाल बजार कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगानकिर्ताले ३ दशमलव ४० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सेञ्चुरी डिबेच्चर २०८८ का इकाईधनीले गुमाएका छन् । डिबेञ्चरका इकाईधनीले ७ दशमलव ७८ प्रशिततका दरले गुमाएका हुन् ।