Connect IPS
IME Life

मर्जर प्रकृयाँमा रहेको प्राइम लाइफको लाभांश घोषणा, कति दियो बोनस शेयर ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मर्जर प्रकृयाँमा रहेको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २ गते बुधावार दिनको ४ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले चुक्ता पूँजी २ अर्ब ७७ करोडको १३ प्रतिशत अर्थात ३६ करोड एक लाख रुपैयाँ बोनस शेयर दिने भएको छ । प्रस्तावित बोनस शेयर वितरण पछि तीन अर्ब १३ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले कर प्रयोजनका लागि एक करोड ९० लाख रुपैयाँ नगद लाभांशको पनि प्रस्ताव गरेको छ ।

Prabhu
Crest

प्रस्तावित लाभांश बीमा समितिले स्वीकृत गरे पछि मात्रै आगामी वार्षिक साधारणसभामा अनुमोदनका लागि पेश गरिने कम्पनीले जनाएको छ । प्राइमले बीमितहरुका लागि भने यस अगाडी नै बोनसदर सार्वजनिक गरिसकेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा १५ प्रतिशत बोनस शेयर दिएको थियो ।

हाल प्राइम, गुराँस र युनियन लाइफ मर्जर प्रकृयाँमा छन् । मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेको धेरै लामो समय भइसकेको छ । तर तीन वटा कम्पनी मर्जरको अन्तिम निर्णयमा अझै पुग्न सकेका छैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

64%

खुसी

5%

दु :खी

9%

अचम्मित

9%

उत्साहित

14%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS