IME Life
Beema Board

बढ्दाे लागतका कारण होङ्सी शिवम् सिमेन्टकाे नाफा दबाबमा, थप रु. ६ अर्ब ५० करोड कर्जा लिंदै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं। चिनियाँ संयुक्त लगानीको होङ्सी शिवम् सिमेन्टले एक वर्षको अवधिमै १७ अर्ब रुपैयाँभन्दा बढी रकमको कारोबार गरेको छ । होङ्सीले पूर्वाधार निर्माण तथा कारोबारका लागी चालू पूँजीको आवश्यक्ता पुरा गर्नको लागी आवश्यक ६ अर्ब ५० करोड रुपैयाँ दीर्घकालीन बैंक कर्जाका लागि इक्रा नेपालबाट रेटिङ गराएको छ । बैंकिङ कर्जा प्रयोजनको लागी गरिएको मूल्यांकनमा एनपी एल ए प्लस रेटिङ पाएको छ।

तापीय उर्जा उत्पादनको समेत मुख्य श्रोतको रुपमा रहेको पेट्रोलियम कोइला र डिजलको मूल्यमा भएको वृद्धि र घरेलु सिमेन्ट उत्पादकहरुबीचको तीब्र प्रतिस्पर्धाका कारण मूल्यमा दबाब परेपछि कम्पनीको संचालन नाफाको मार्जिन घटेको छ । सन् २०२१ मा २५ प्रतिशत संचालन मुनाफा रहेकोमा बढ्दो उत्पादन लागत र मूल्य प्रतिस्पर्धाको दबाबका कारण २०२२ मा १६ प्रतिशतमा झरेको छ ।

Prabhu
Crest

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले जारी गरेको प्रेस विज्ञप्तीका अनुसार होङ्सी शिवम् सिमेन्टल २०२१ मा कूल १७ अर्ब ४५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । यसअघि २०२० मा १३ अर्ब ३७ करोड र २०१९ मा १३ अर्ब ४८ करोड ४० लाख भन्दा बढीको कारोबार गरेको थियो ।

सिमेन्ट बिक्रीको ३० प्रतिशत र क्लिंकर बिक्रीको ९० प्रतिशत कारोबार मुख्य दश जना ग्राहकमाथि निर्भर रहेकाले यसलाई इक्रा नेपालले जोखिमको रुपमा औंल्याएको छ ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेखित अपरिष्कृत वित्तीय विवरण अनुसार नवलपरासीमा अवस्थित यो उद्योगले कूल कारोबारको ५३ प्रतिशत सिमेन्ट र बाँकी क्लिंकरको बिक्रीबाट आर्जन गरेको छ ।

नेपालकै ठूलो सिमेन्ट उत्पादकको रुपमा रहेको होङ्सी शिवमको उत्पादन क्षमता २० लाख टन क्लिंकर र २३ लाख टन सिमेन्ट उत्पादनको वार्षिक क्षमता छ ।
२०२२ को दोश्रो अर्द्धवार्षिकबाट नेपाल विद्युत प्राधिकरणको विद्युत प्रशारण लाइनमा सिधा चौबीसै घण्टा पहुँचले उत्पादन क्षमता वृद्धि गर्न सघाउने कम्पनी व्यवस्थापनको अपेक्षा छ । कम्पनीले क्षमता उपयोगमा क्रमशः सुधार गर्दै वर्ष, क्लिंकर र सिमेन्ट उत्पादन दुवै सर्तमा। नतिजाको रूपमा, कम्पनीले सिमेन्टमा ३१ प्रतिशत र क्लिंकरमा ५ प्रतिशतको चक्रवर्ती वृद्धि हासिल गर्न सफल भएको छ ।

होङ्सी शिवममा हङकङ रेड लायन सिमेन्टको ७० र नेपाली लगानीकर्ताहरुको शिवम् होल्डिङ प्रालिको ३० प्रतिशत सेयर स्वामित्व छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS