काठमाडौं । एनआईसी एशिया बैंकको सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त भएका छन् । कम्पनीको कार्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले समूहको शेयरधनीतर्फका सञ्चालक निकुञ्ज अग्रवालले दिएको राजीनामा स्वीकृत गरी बाँकी अवधिको लागि सर्वसाधारण समूहबाट लम्साललाई नियुक्त गरेको हो ।