SKIP THIS

MLBL
IME Life
Beema Board

आइएमई लाइफ मर्जर नगरी पूँजी जुटाउदै, संस्थापकलाई सत प्रतिशत पूँजी थप्न आह्वान

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मर्जरमा नगइ बीमा समितिलेको तोकेको न्युनतम चुक्ता पूँजी जुटाउने तयारीमा जुटेको छ । कम्पनीले विध्यमान संस्थापकहरु सँग सत प्रतिशत पूँजी थप्न आह्वान गरेको छ ।

कम्पनीको असोज २६ गते सम्पन्न पाँचौ वार्षिक साधारणसभाले चुक्ता पूँजी सत प्रतिशत बृद्धि गर्ने निर्णय गरेको थियो । साधारणसभाले पारित गरेको उक्त निर्णयलाई पनि बीमा समितिले स्वीकृति प्रदान गरिसकेको छ । साधारणसभा र बीमा समितिबाट स्वीकृत भए सँगै कम्पनीको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले साविक शेयरधनीहरुबाट शेयरमा लगानी भएको रकमको थप सत प्रतिशत पूँजी माग गर्ने निर्णय गरेको थियो ।

Prabhu
Crest

संस्थापक शेयरधनीहरुले मंसिर ५ गतेसम्म आफुले थप गर्नु पर्ने पूँजी बापतको रकम जम्मा गर्न अनुरोध गरिएको छ । कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । सत प्रतिशत पूँजी थप गरे सँगै २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ । सर्वसाधारणका लागि ३० प्रतिशतले हुन आउने गरी आइपिओ निष्काशन पछि चुक्ता पूँजी ४ अर्ब पुग्नेछ । कम्पनीले सर्वसाधारणका लागि एक अर्ब २० करोड रुपैयाँको आइपिओ निष्काशन गर्न सक्नेछ ।

बाँकी एक अर्ब भने कम्पनीले जगेडा कोषमा भएको रकमबाट बोनस दिएर पुर्याउने योजना बनाएको छ । यदि जगेडाकोषबाट लाभांश वितरण गर्न नपुगेमा कम्पनीले थोरै हकप्रद शेयर निष्काशन गर्नु पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS