IME Life
Beema Board

नेपाल टेलिकमको १० वर्ष अघि १० कित्ता शेयर हुनेले कति पाए नगद लाभांश ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल टेलिकम नेपालको एक मात्र नेप्सेमा कारोवार हुने दुरसन्चार कम्पनी हो । निरन्तर लाभांश दिने कम्पनीको रुपमा चिनिएको यस कम्पनीले आर्थिक वर्ष ७७/७८ मामात्र बोनस शेयर र नगद लाभांश गरी मिश्रित लाभांश दिएको थियो । सो आर्थिक वर्ष अघि कम्पनीले निरन्तर नगद लाभांश प्रदान गर्दै आएको थियो । आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट कम्पनीले २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद गरी जम्मा ४० प्रतिशत लाभांश वितरण गरेको थियो । सरकारको ९० प्रतिशत माथि लगानी रहेको यस कम्पनीले बोनस शेयर दिनुले सबै लगानीकर्ता चकित भएका थिए ।

कम्पनीको १० वर्षको लाभांशको इतिहास हेर्दा कम्पनीले ४५७ प्रतिशत नगद लाभांश दिएको छ । यो अवधिमा कम्पनीले आर्थिक वर्ष ७४/७५ र ७३/७४ मा सर्वाधिक ५५ प्रतिशत नगद लाभांश दिएको थियो। १० वर्षमा यस कम्पनीले औसतमा ४५ दशमलव ७० प्रतिशत नगद लाभांश दिएको छ ।

Prabhu
Crest

१० वर्ष अघि नेपाल टेलिकमको १० कित्ता शेयर हुने लगानीकर्ताले रु. ४ हजार ५७० नगद लाभांश बुझेका छन् । ( लाभांशमा लाग्ने कर भने घटाईएको छैन ) भने आर्थिक वर्ष ७७/७८ मा कम्पनीले दिएको बोनस शेयर जोड्दा १० कित्ता शेयर १२ कित्ता पनि पुगेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

21%

खुसी

14%

दु :खी

28%

अचम्मित

14%

उत्साहित

22%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS