काठमाण्डाै । पाेखरामा जारी नवाैं राष्ट्रिय खेलकुद प्रतियाेगितामा प्याराग्लाइडिङ उडानका क्रममा दुर्घटना हुँदा त्रिभूवन आर्मी क्लबका एकजना खेलाडीकाे निधन भएकाे छ । आइतबार सरांगकाेटबाट उडान भरेपछि प्याराग्लाइडिङकाे पर्दा राम्ररी नखुल्दा करिब ५० मिटर उचाइँबाट भुइँमै बजारिएका २५ वर्षिय निसिम थापाकाे निधन भएकाे हाे ।
प्रतियाेगितामा सहभागी खेलाडी, प्रशिक्षक तथा अफिसियलका लागी राष्ट्रिय खेलकुद परिषदले दुर्घटना बीमावपात राष्ट्रिय बीमा कम्पनीसँग प्रति व्यक्ति १० लाख रूपैयाँ क्षतिपूर्ती दिने गरी बीमा सम्झाैता गरेकाे छ । नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलगायत गरी ९ हजार जनाको बीमा गरिएकाे छ ।
बीमा सम्झाैतामा ६ हजार खेलाडी र ३ हजारमा निर्णायक, प्रशिक्षक, व्यवस्थापक, कर्मचारी, अफिसियलगायत कूल ९ हजारकाे बीमा गरिएकाे छ । गण्डकी प्रदेशमा असोज २८ देखि शुरू भएकाे नवौं राष्ट्रिय खेलकुद प्रतियाेगिता कात्तिक ३ गतेसम्म संचालन हुनेछ ।