IME Life
Beema Board

११ कम्पनी र १५ म्युचुअल फण्डको लाभांश घोषणा, हेर्नुहोस् कसको कति (सूचिसहित)  

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट अहिलेसम्म ११ वटा सूचिकृत कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् । आर्थिक वर्ष सकिएको तीन महिना वित्न लाग्दा पनि अझै कम्पनीहरुले लाभांश घोषणा गर्न सकेका छैनन् । शेयरधनीहरु आर्थिक वर्ष सकिए पछि आफुले लगानी गरेको कम्पनीले कति प्रतिफल दिन्छ भनेर कुरिरहेका हुन्छन् । कम्पनी ऐन अनुसार आर्थिक वर्ष सकिएको ६ महिना भित्रमा साधारणसभा सम्पन्न गरिसक्नु पर्छ । तर अहिलेसम्म एकदमै कम कम्पनीले मात्रै लाभांश घोषणा गर्दा शेयरधनीहरु अन्यौलमा छन् ।

अझ विगतका वर्षमा दशै तिहार अगाडी नै अधिकाम्स बैंक वित्तीय संस्था तथा कम्पनीहरुले लाभांश घोषणा गर्थे । कतिपयले दशै तिहार खर्च जोहो हुने गरी लाभांश वितरण गर्ने गरेका थिए । तर यस वर्ष एउटा पनि कम्पनीले दशै खर्चको जोहो गरिदिन सकेनन् । तिहारका लागि भने केहि कम्पनीहरुले दिदैछन् ।

Prabhu
Crest

बाणिज्य बैंकहरु मध्ये अहिलेसम्म जम्मा चार वटाले मात्रै लाभांश घोषणा गरेका छन् । बैंक काठमाण्डूले २०.९५ प्रतिशत, एनसिसी बैंकले ११ प्रतिशत, कुमारी बैंकले १२.५ प्रतिशत र सिटिजन बैंकले ९ प्रतिशत लाभांश घोषणा गरेको छ । लाभांश घोषणा गर्ने चार वटा बैंकहरुलाई हेर्दा सबैको ध्यान अहिले नगद लाभांशमा छ ।

विगतका वर्षमा नेपाल राष्ट्र बैंकले नगद लाभांशको वितरणमा रोक लगाएकाले पनि यस वर्ष बैंकहरुले नगद लाभांश वितरण गर्न सक्ने देखिन्छ । संस्थापक लगानीकर्ताहरुलाई बोनस शेयर भन्दा नगद लाभांश बढि लाभदायक हुन्छ । त्यसैले पनि उनिहरुको जोडबल नगदमा हुन्छ ।

लाभांश वितरण गर्नेमा सबैभन्दा अगाडी म्युचुअल फण्ड छन् । लेखापरीक्षणमा खासै समस्या नहुने साथै नियामक निकायले पनि खासै कडाइ नगर्ने भएकाले म्युचुअल फण्डहरु लाभांश वितरणमा अगाडी छन् । १५ वटा म्युचुअल फण्डले लाभांश घोषणा गर्दा एनएमबी क्यापिटलका दुई योजना एनएमबी ५० र एनएमबी हाइब्रिडले २१.०५ प्रतिशतका दरले लाभांश दिएका छन् । म्युचुअल फण्डहरुको औषत लाभांश १०.७० प्रतिशत रहेको छ ।

जलविद्युत कम्पनी तर्फ पनि तीन वटाले मात्रै लाभांश वितरण गरेका छन् । रुरु जलविद्युतले १०.५२ प्रतिशत, अरुण काबेली १० प्रतिशत र सानिमा माइले ५.२६ प्रतिशत लाभांश घोषणा गरेका छन् । उत्पादन तथा प्रशोधनमुलक कम्पनी अन्तर्गत बोटलर्स नेपालले २० प्रतिशत र बोटलर्स नेपाल तराइले ६० प्रतिशत लाभांश घोषणा गरेको छ । नेपाल ल्युव आयलले पनि ३० प्रतिशत लाभांश दिएको छ । माइक्रोफाइनान्स मध्ये एउटाले पनि लाभांश घोषणा गरेका छैनन् । क्यापिटल बढाउनु पर्ने दवावमा रहेका माइक्रोफाइनान्सलाई राष्ट्र बैंकले मर्जरका लागि दवाव दिदै क्यापिटल बढाउन रोक लगाउदै आएको छ ।

बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षकै साधारणसभा गर्न सकेका छैनन् । उनिहरुले गत आर्थिक वर्षको लाभांश घोषणा गर्न अझै केहि समय लाग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

5%

खुसी

78%

दु :खी

7%

अचम्मित

5%

उत्साहित

5%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS