काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ९ दशमलव ६९ अंकले घटेर १,८६० दशमलव ९४ को विन्दुमा कायम भएको छ । आज ३० वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १४८कम्पनीको शेयर मुल्य घटेको छ । आज बैंकिङ र उत्पादनमुलक बाहेक सबै उपसूचक घटेका छन् ।
आज बजार घट्दा पनि सबैभन्दा धेरै अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । स्टान्डर्ट चार्टर्ड बैंकका लगानीकर्ताले ७ दशमलव २५ प्रतिशतका दरले कमाएका छन् । एभरेष्ट बैंकका लगानीकर्ताले ५ दशमलव १५ प्रशिततका दरले कमाएका छन् । नेपाल एसबिआई बैंकका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाउका हुन् ।
त्यसैगरी आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीका लागानकिर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।