काठमाडौं । बैंक अफ काठमाण्डूले लाभांश प्रस्ताव गरेको छ । बैंकको आज आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को लागि लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको १४ दशमलव ९५ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनश शेयर गरी जम्मा २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउनेछन् ।