IME Life
Beema Board

एक्यानको दीगो आर्थिक विकास विषयक राष्ट्रिय सम्मेलन सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एसोशिएसन अफ चार्टर्ड एकाउण्टेण्ट्स अफ नेपाल (एक्यान)ले दीगो आर्थिक विकास विषयक राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । शुक्रवार एक्यानले आफ्नो वार्षिकोत्सवको अवसरमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आथित्यतामा दिगो आर्थिक विकास सम्बन्धि राष्ट्रिय सम्मेलन आयोजना सम्पन्न गरेको हो ।

एक्यानका अध्यक्ष दिपक पाण्डेले चार्टर्ड एकाउण्टेण्टहरुले नै दिगो विकास गर्ने किन भुमिका खेल्न अगाडि बढ्ने र निजी सरकारी क्षेत्रको आर्थिक पार्दशिता बनाउनको लागि हातेमालो गर्न चाहेकाले नीतिगत जटिलता समाधान खोज्न सम्मेलन आयोजना गरिएको बताए । उनले नेपालको बजेट खर्च गर्ने प्रवृति समेत कमजोर गरेको भन्दै यसलाई परिर्वतन गर्ने विषयमा दिगो आर्थिक विकास सम्मेलनले एउटा डिपाचर ल्याउन सक्ने बताए ।

Prabhu
Crest

उनले एक्यान तीनै तहका सरकारसँग दिगो विकासको लक्ष्य पुरा गर्न हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताए । उनले भने, ‘बजेट खर्च गर्ने प्रवृति कमजोर छ । दिगो विकास सम्मेलनले डिपाचर गर्ने छ । नयाँ दिशा बनाउने कोशिस गर्ने छ । चार्टर्ड एकाउण्टेन्टसहरुले नै दिगो विकास गर्ने किन भुमिका खेल्न अगाडि बढ्ने र निजी सरकारी क्षेत्रको आर्थिक पार्दशिता बनाउनको लागि हातेमालो गर्न चाहान्छौं। एसोशिएसन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) तीनै तहका सरकारसँग दिगो विकासको लक्ष्य पुरा गर्न हातेमालो गरेर अगाडि बढ्न चाहन्छ। यो नै संघीयतामा र संविधानको मर्म हो । अबको केही वर्षमा अर्थतन्त्रमा फड्को मार्ने छौं र गर्व महशुस गर्ने छौं ।’

त्यस्तै, कार्यक्रमका प्रमुख अथिति पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले समयको व्यवस्थापन गर्न नसकेसम्म देशको समृद्धि नहुने बताए । उनले आर्थिक विकास र मुलुकमा उत्पादन बढाएर मात्रै मुलुकमा दिगो आर्थिक विकास गर्न सकिने बताए । पूर्वप्रधानमन्त्री भट्टराईले एक्यानले गरेको दिगो आर्थिक विकास सम्बन्धि राष्ट्रिय सम्मेलनले दिगो आर्थिक विकासको भावी योजना तथा कार्यान्वयनमा सहजता आउने बताए ।

उनले नेपालमा सबैले आफैले आफैलाई ठग्ने अवस्थामा पुगेको बताए । डा. भट्टराईले नेपाली काँग्रेस अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नभएको प्रति असन्तुष्टि जनाए । उनले देशको ठूलो लोकतान्त्रिक भन्ने पार्टी नेपाली काँग्रेसले वाग्लेलाई चुनाव लड्नेको लागि टिकट नदिएको भन्दै टिप्पणी गरेका थिए । उनले डा.वाग्ले जस्ता विद्वानहरुलाई निर्वाचन लड्नको लागि टिकट नदिए देश विकास हुन नसक्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं उद्योगपति विनोद चौधरीले आफूले चार्टर्ड अकाउण्टेन्ट हुने धोको पूरा गर्न नसकेको भन्दै अहिले चार्टर्ड एकाउण्टेन्टको जमात हेर्दा आफू चुकेको जस्तो लाग्ने बताए । उनले रोजगारका लागि विदेशिने युवाहरुको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताए । उनले युवाले खोजेको रोजगारी र नेपाल बनाउनको लागि प्रत्यक्ष निर्वाचनमा उठेको बताए । चौधरीले अब योजना र भिजन भएका युवाहरु राजनीतिमा आउनुपर्ने बताउँदै मुलुकको दिगो विकास अगाडि बढाउनको लागि पैसा र शक्तिकेन्द्र प्रयोग गर्न कमी नहुँदासमेत युवाहरुको समस्या परिपूर्तिका लागि आफू राजनीतिमा लागेको बताए ।

नेपाल नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिमिल्सिनाले नेपालमा दिगो आर्थिक विकासको बहस हुन जरुरी रहेको भन्दै एक्यानले दिगो विकास आयोजना गरेको भन्दै खुसी व्यक्त गरिन् । उनले दिगो आर्थिक विकासले विश्वमा शान्ति, मानव अधिकार,जनताको हित , आर्थिक समृद्धि,पृथ्वीको रक्षा ,लैगिंक समानता र भोकमरी तथा गरिबीको अन्त्यलाई समेट्ने बताइन् । उनले नेपालको अर्थतन्त्रमा वाह्य क्षेत्रमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौती रहेको बताइन् ।

अर्थविद् डा. स्वर्णिम वाग्लले युवा पुस्ताले मुलुकको नेतृत्व गरेपनि नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्न नसक्ने बताए । उनले नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्न नसके पनि प्रतिव्यक्ति आयको हिसावले श्रीलंकको अवस्थामा पुर्याउन सकिने बताए । वाग्लले नेपालमा अबको तीन/चार वर्षमा पञ्चायत र राजतन्त्र फाल्नुपर्छ भनेर आन्दोलन गर्ने नेतृत्व बिस्थापित भइ युवा पुस्ताले नेतृत्व पाउने बताए ।

वाग्लेले अहिले नेपालमा राजनीतिक परिवर्तन आएको भए राजनीतिक फड्को मारेर १२ देखि १३ सय प्रतिव्यक्ति आयबाट नेपालीको प्रतिव्यक्ति आय ४ हजार डलर पुग्ने अवस्था भएपनि त्यस्तो हुन नसकेको बताउए । उनले त्यस्तो हुन नसक्नु युवाहरुलाई राजनीतिमा आउन झ्याल ढोका नै बन्द गर्ने प्रबृत्ति कारक रहेको बताए ।

त्यस्तै,नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले लिने अतिरिक्त शुल्क (प्रिमियम) ले समस्या आएको बताए । उनले पछिल्लो समय अर्थतन्त्र संकटमा रहेको अवस्थामा समेत  बैंकले अवसरको रुपमा लिएको दाबी गरे । अध्यक्ष गोल्छाले मौद्रिक नीति अर्थतन्त्रलाई संकुचित बनाउने तरिकाको भएको समेत आरोप लगाए । उनले राष्ट्र बैंकको मौद्रिक नीतिले नै बैंकको ब्याजदर बढाउँदा समस्या उत्पन्न भएको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS