Connect IPS
IME Life

निक्षेप संकलनमा चमत्कार : एकै दिन ३८ अर्बले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कर्जा योग्य तरलताको अभावमा गुज्रिएको नेपालको बैङ्किङ्ग प्रणालीमा एकै दिन ३८ अर्बले निक्षेप वृद्धि भएको छ। असोज २६ र २५ गतेको बीचमा प्रणालीमा ३८ अर्बले तरलता वृद्धि भएको हो । असोज २५ गतेसम्म प्रणालीमा ५० खर्ब ८७ अर्ब रहेको निक्षेप असोज २६ गते ५१ खर्ब २५ अर्ब पुगेको छ ।

वाणिज्य बैंकहरुमा आक्रामक रुपमा निक्षेप वृद्धि हुँदा समस्त प्रणालीमा निक्षेप वृद्धि भएको हो । वाणिज्य बैंकहरुमा असोज २५ गते ४४ खर्ब ८१ अर्ब निक्षेप रहेकोमा असोज २६ गते ४५ खर्ब १७ अर्ब निक्षेप पुगेको छ ।

Prabhu
Crest

निक्षेप संकलन वृद्धि भए पनि कर्जा प्रवाह भने घटेको छ । असोज २५ र २६ गतेको बीचमा कर्जा प्रवाह करिव २ अर्बले घटेको छ । निक्षेपमा आक्रामक सुधार र कर्जा प्रवाहमा आएको गिरावटको कारणले गर्दा सिडी रेसियो केही सहज भएको छ । वाणिज्य बैंकहरुको सिडी रेसियो असोज २६ गते ८७ दशमलव ०१ रहेको छ । यो रेसियो असोज २५ गते ८७ दशमलव ८१ रहेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS