Connect IPS
IME Life

वैदेशिक रोजगार बीमालेख बाहेक जीवन बीमा कम्पनीहरुको व्यवसाय २५ अर्ब ४६ करोड, कुनले कति गरे ? (सूचिसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले उपलब्ध गराएको तथ्याङक अनुसार वैदेशिक रोजगार जीवन बीमालेख बाहेक जीवन बीमा कम्पनीले भदौ महिनासम्ममा मात्रै २५ अर्ब ४६ करोड ९७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । प्रथम बीमा शुल्क आर्जन तर्फ वदैशिक रोजगार बीमालेख बाहेक ४ अर्ब २४ करोड २० लाख रुपैयाँ आर्जन गरेका छन् । अघिल्लो महिना अर्थात साउन एक महिनामा मात्रै कम्पनीहरुले १४ अर्ब ८१ करोड रुपैयाँ यस्तो बीमा शुल्क आर्जन गरेका थिए ।

भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ५६ करोड २० लाख रुपैयाँ वैदेशि रोजगार बीमा शुल्क आर्जन गरेका छन् । सबैभन्दा धेरै वैदेशिक रोजगार बीमालेख वापत सन नेपाल लाइफले राम्रो व्यवसाय गरेको छ । वैदेशि रोजगार बीमा शुल्कका कारण राम्रो व्यपार गरेको सन नेपालको वैदेशिक रोजगार बीमालेख बाहेकको व्यवसाय भने कमजोर देखिएको छ ।

Prabhu
Crest

वैदेशिक रोजगार बीमालेख जारी गरेका कम्पनीहरु
सिटिजन लाइफ
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनासम्ममा ३९ करोड ९३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । यसमा वैदेशिक रोजगार बीमाशुल्क घटाउने हो भने ३२ करोड १७ लाख रुपैयाँ मात्र प्रथम बीमा शुलक आर्जन देखिएको छ । कम्पनीले भदौ महिनासम्ममा ३ करोड ७६ लाख रुपैयाँ वैदेशि रोजगार बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, यस अवधिसम्ममा कम्पनीले १ अर्ब ६ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यसमा वैदेशिक रोजगार बीमा शुल्क घटाउँदा कम्पनीको कुल व्यवसाय १ अर्ब २ करोड ७२ लाख देखिएको छ ।

ज्योति लाइफ
भदौ महिनासम्ममा ज्योति लाइफले २४ करोड ९५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । यसमा वैदेशिक रोजगार बीमा शुल्क घटाउँदा कम्पनीको प्रथम बीमा शुल्क आर्जन १६ करोड ९६ लाख हुन्छ । कम्पनीले यस अवधिसम्ममा ७ करोड ९९ लाख रुपैयाँ वैदेशिक रोजगार बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, कम्पनीले यस अवधिसम्ममा कुल ६९ करोड ३२ लाख कुल बीमा शुल्क आर्जन गरेकोमा त्यसमा वैदेशिक रोजगार बीमा शुल्क घटाउँदा कम्पनीको कुल बीमा शुल्क आर्जन ६१ करोड ३३ लाख हुन्छ ।

आइएमई लाइफ
यस अवधिसम्ममा आइएमई लाइफले १३ करोड ३८ लाख प्रथम बीमा शुल्क आर्जन गरेको छ । यसमा वैदेशिक रोजगार बीमा शुल्क घटाउने हो भने १२ करोड ४० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको देखिन्छ । कम्पनीले यस अवधिसम्ममा ९८ करोड वैदेशिक रोजगार बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै यस अवधिमा कम्पनीले कुल ६३ करोड १९ लाख बीमा शुल्क आर्जन गरेको छ । यसमा वैदेशिक रोजगार बीमा शुल्क घटाउँदा कम्पनीको कुल व्यवसाय ६१ करोड ३३ लाख हुन्छ ।

सूर्या लाइफ इन्स्योरेन्स
यस अवधिमा कम्पनीले २७ करोड ९५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । यसमा वैदेशिक रोजगार बीमा शुल्क आर्जन घटाउँदा कम्पनीको प्रथम बीमा शुल्क १७ करोड १९ लाख हुन्छ । कम्पनीले यस अवधिमा १० करोड ७६ लाख वैदेशिक रोजगार बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, कम्पनीले यस अवधिसम्ममा कुल ९६ करोड ५८ लाख बीमा शुल्क आर्जन गरेको छ । जसमा वैदेशिक रोजगार बीमा शुल्क आर्जन घटाउने हो भने कम्पनीको व्यवसाय ८५ करोड ८२ लाख मात्रै देखिन्छ ।

सन नेपाल लाइफ
यस अवधिसम्ममा सन नेपाल लाइफले ३६ करोड २८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । वैदेशिक रोजगार बाहेक कम्पनीको प्रथम बीमा शुल्क ९ करोड २३ लाख रुपैयाँ देखिएको छ । कम्पनीले यस अवधिसम्ममा २७ करोड ५ लाख वैदेशिक रोजगार बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, कम्पनीले कुल ७० करोड ३९ लाख बीमा शुल्क आर्जन गरेको छ । वैदेशिक रोजगार बीमा शुल्क बाहेक कम्पनीले कुल ४३ करोड ३४ लाख बीमा शुल्क आर्जन गरेको देखिएको छ ।

सानिमा लाइफ
सानिमा लाइफले यस अवधिसम्ममा ११ करोड ५१ लाख प्रथम बीमा शुल्क आर्जन गरेको छ । वैदेशिक रोजगार बीमा शुल्क बाहेक कम्पनीले ८ करोड ६६ लाख प्रथम बीमा शुल्क आर्जन गरेको देखिन्छ । कम्पनीले यस अवधिसम्ममा २ करोड ८५ लाख वैदेशिक रोजगार बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, यस अवधिमा कम्पनीले ३७ करोड ४१ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । वैदेशिक रोजगार बीमा शुल्क बाहेक कम्पनीको कुल व्यवसाय ३४ करोड ५६ लाख देखिन्छ ।

रिलायबल नेपाल लाइफ
यस अवधिसम्ममा कम्पनीले २४ करोड ८८ लाख प्रथम बीमा शुल्क आर्जन गरेको छ । वैदेशिक रोजगार बीमा शुल्क बाहेक कम्पनीले २२ करोड ७ लाख प्रथम बीमा शुल्क आर्जन गरेको छ । यस अवधिसम्ममा कम्पनीले २ करोड ८१ लाख वैदेशिक रोजगार बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको वैदेशिक रोजगार बीमा शुल्क बाहेकको व्यवसाय ५६ करोड २५ लाख रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS