काठमाडौं । आज नेप्से परिसूचक ४ दशमलव १५ अंकले बढेर १,८७० दशमलव ६३ को विन्दुमा कायम भएको छ । आज ८२ करोड ९६ लाख ४६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको ३ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टको २ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको २ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनकिो शेयर मुल्य ४६४ रुपैयाँ कायम भएको छ ।