SKIP THIS

MLBL
IME Life
Beema Board

एक दशकमा बीमा कम्पनीले संकलन गरे रु. ८ खर्ब १६ बीमाशुल्क , औसत २२ प्रतिशतको वृद्धि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डौं । पछिल्लो एक दशकको अवधिमा नेपालको बीमा व्यवसायले औसत २२ प्रतिशतको उल्लेखनीय वृद्धि दर हासिल गरेको छ । बीमा समितिले प्रकाशन गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०६९/७० देखि आ.व. २०७९/८० सम्ममा बीमा व्यवसायको औसत वार्षिक वृद्धिदर २२ प्रतिशत रहेको छ ।

पछिल्लो दश वर्षको अवधिमा बीमा कम्पनीहरुले आठ खर्ब १६ अर्ब ६० करोड रुपैयाँ बीमाशुल्क  संकलन गरेका छन् । यो मध्ये आ.व. २०७५/७६ देखि आ.व. २०७८/७९ सम्ममा चार वर्षको अवधिमै ६६ प्रतिशतभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् ।

Prabhu
Crest

समितिका अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीको कूल बीमशुल्क आम्दानी आ.व. २०६९/७० मा २४ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । आ.व. २०७९/८० मा आइपुग्दा यो वृद्धि भएर १ खर्ब ७७ अर्ब ५० करोड रुपैयाँ नाघेको छ ।

आ.व. २०७५/७६ सम्म अर्बको आँकडा रहेको कूल बीमाशुल्क आम्दानी पहिलो पटक खर्बमा उक्लिएर आ.व. २०७६/७७ मा १ खर्ब २१ करोड रुपैयाँ पुगेको थियो ।

बीमा समितिका अनुसार बीमा व्यवसायको आकार वृद्धि हुँदै जाँदा बीमामा पहुँच हुने जनसंख्या पनि क्रमशः वृद्धि हुँदै गएको छ । कूल गार्हस्थ उत्पादनमा कूल बीमाशुल्क प्रतिशतको आधारमा योगदान १ प्रतिशत हाराहारीमा रहेकोमा आ.व. २०७९/८० मा उक्लिएर ३.६७ प्रतिशत पुगेको छ । आ.व. २०७९/८० सम्ममा बीमालेख बिक्री संख्याको आधारमा कूल जनसंख्याको ३८.२६ प्रतिशतमा बीमाको पहुँच पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS