SKIP THIS

MLBL
IME Life
Beema Board

एक सय सर्भेयरले नविकरण गरेनन्, असोज ३१ भित्र नविकरण नगरे ५ वर्षसम्म लाइसेन्स लिन नपाइने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा सर्भेयरको नविकरण गर्ने अन्तिम मौका सकिन ५ दिन मात्रै बाँकी हुँदा अझै १०० जनाले नविकरण गर्न सकेका छैनन् । बीमा समितिका अनुसार १३४५ जना मध्ये १२४५ जनाले मात्रै नविकरण गरेका छन् ।

यदि सर्भेयरले यहि असोज ३१ गते साँझ ५ बजेसम्ममा अनलाइन माध्यमबाट नविकरण नगरेमा सर्भेयरको लाइसेन्स स्वत खारेज हुनेछ । यदि उनिहरुको लाइसेन्स खारेज भएमा अवको ५ वर्षसम्म अर्को इजाजतपत्र लिन नमिल्ने बीमा समितिले जनाएको छ ।

Prabhu
Crest

बीमा सर्भेयर सँगै बीमा अभिर्ताको हकमा पनि यहि मंसिर ३१ गतेसम्ममा लाइसेन्स नविकरण नगरे खारेज हुन्छ । तर सर्भेयरहरुले लाइसेन्स खारेज भए पनि अर्को नयाँ लाइइसेन्स लिन सक्छन् ।

नियम अनुसार बीमा अभिकर्ता तथा सर्भेयरले चैत मसान्त भित्रमा नविकरण गरिसक्नु पर्छ । सर्भेयरको वर्गिकरणका आधारमा नविकरण शुल्क निर्धारण गरिएको छ । बीमा नियमावली २०४९ अनुसार “क” वर्गको इजाजतपत्र भएका सर्भेयरले बाह्र हजार रुपैंयाँ, “ख” वर्गको इजाजतपत्र भएकाले नौ हजार रुपैयाँ, “ग” वर्गको इजाजतपत्र भएकाले सात हजार रुपैयाँ र “घ” वर्गको इजाजतपत्र भएकाले पाँच हजार रुपैयाँ भुक्तानी गर्नु पर्छ ।

यदि सर्भेयरले चैत मसान्त भित्रमा इजाजतपत्र नविकरण नगरेमा जेठ मसान्त भित्रमा थप ५ सय रुपैयाँ तिरेर नविकरण गर्न सक्छन् । यसका लागि सर्भेयर स्वंयम बीमा समितिको कार्यालयमा गएर निवेदन दिनु पर्नेछ ।

म्याद सकिएको पहिलो २ महिनामा पनि नविकरण नगरेमा त्यस पछिको ४ महिनासम्मको लागि प्रति दिन ५० रुपैयाँको दरले थप दस्तुर भुक्तानी गरेर नविकरण गर्न सकिन्छ । गत वर्ष मात्रै लाइसेन्स लिएका सर्भेयरले अहिले आएर नविकरण गरेमा नविकरण शुल्क ५ हजार, पहिलो दुई महिनाको ५ सय रुपैयाँ र पछिल्ला चार महिनाको अधिकतम दिन १२५ दिनलाई आधार मान्दा ६ हजार २५० रुपैयाँ जरिवाना सहित ११ हजार ७५० रुपैयाँ तिर्नु पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS