Connect IPS
IME Life

राष्ट्रिय बीमा संस्थानलाई कम्पनीमा परिणत गर्न एक वर्षको म्याद, प्राधिकरणको नियमनमा बस्नु पर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा ऐन २०७९ ले राष्ट्रिय बीमा संस्थान ऐन २०२५ खारेज गरे सँगै राष्ट्रिय बीमा संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत हुन एक वर्षको म्याद दिएको छ । ऐनको दफा १७२ को उपदफा २ मा भनिएको छ गठन भएको राष्ट्रिय बीमा संस्थान एक वर्षभित्र एक पब्लिक लिमिटेड कम्पनीमा परिणत गरिनेछ।’

राष्ट्रिय बीमा संस्थानमा कार्यरत कर्मचारीहरु पनि स्वतः कम्पनी अन्तर्गत परिणत हुनेछन् । राष्ट्रिय बीमा संस्थानमा कायम रहेको चल अचल सम्पत्ति र दायित्व स्वतः नयाँ बन्ने कम्पनीको चल अचल सम्पत्ति र दायित्वको रुपमा परिणत हुनेछ ।

Prabhu
Crest

त्यस्तै राष्ट्रिय बीमा संस्थानबाट जारी भएका बीमालेख पनि नयाँ बन्ने कम्पनीबाट जारी भएको बीमालेख मानिनेछ । संस्थान छुट्टै ऐन अन्तर्गत सञ्चालन हुँदा नियामक निकाय बीमा समितिलाई धेरै गाह्रो पर्दै आएको छ । संस्थाले बीमा समितिले भनेको नटेर्ने बीमा समितिले नियमन गर्न नसक्ने भएकाले पनि गाह्रो परेको हो । त्यसैले गर्दा बीमा समितिले ५ वर्ष अगाडी जारी गरेको क्यापिटल प्लान संस्थाले अहिलेसम्म पनि कार्यान्वयन गरेको छैन । विगत लामो समयदेखि संस्थाले लेखापरीक्षण गर्न सकेको छैन ।

एक दशक भन्दा लामो समय अगाडीको बोनसदरमै बीमितलाई चित्त बुझाएर बसेको छ । संस्थान छुट्टै ऐन अन्तर्गत सञ्चालित हुँदा बीमा समितिले जारी गरेका संस्थागत सुशासन समेत पालना हुन सकेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS