IME Life
Beema Board

बीमा ऐन २०७९ ले प्राधिकरण बनाउनेदेखि लिएर यि कुरामा आउनेछ परिवर्तन, हेर्नुहोस् सूचिसहित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राष्ट्रपतिबाट प्रमाणित बीमा ऐन २०७९ कार्तिक २२ गतेदेखि लागु हुनेछ । कार्तिक २२ गतेसम्म बीमा ऐन २०४९ नै कार्यान्वयनमा रहनेछ । नयाँ बीमा ऐन लागु हुने वित्तीकै सबैभन्दा पहिला बीमा समितिको नाम परिवर्तन भएर बीमा प्राधिकरण हुनेछ ।

नयाँ बीमा ऐनले बीमा क्षेत्रमा धेरै नै परिवर्तन गर्ने बीमा समितिका उच्च अधिकारी बताउछन् । एउटै ऐन ३० वर्षसम्म रह्यो । जसले गर्दा बीमा क्षेत्रलाई अगाडी बढाउन धेरै नै व्यवधान सिर्जना गर्यो । बीमा ऐन २०४९ नभएका तथा बीमा ऐन २०४९ मा थपिएका व्यवस्थाहरु निम्न छन् ।

Prabhu
Crest

अध्यक्षको पदावधी तथा सपथ ग्रहण

पहिलाको बीमा ऐन अनुसार नेपाल सरकारले बीमा समितिको अध्यक्षको पदावधी पुनः नियुक्त गर्न सक्ने व्यवस्था थियो । यस आधारमा सरकारले चाहेमा जति पटक पनि नियुक्त गर्न सक्ने अवस्था थियो । अव अध्यक्षको पुनः नियुक्ति थप एक पदावधिका लागि मात्रै गर्न पाउने व्यवस्था गरिएको छ ।
बीमा समितिको अध्यक्षले यस भन्दा अगाडी अर्थसचिव सँगै सपथ लिने गरेका थिए । नयाँ व्यवस्था अनुसार बीमा समितिका अध्यक्ष तथा सदश्यले नेपाल सरकारको अर्थमन्त्री समक्ष पद तथा गोपनीयताको सपथ लिनु पर्नेछ ।
नयाँ ऐनमा अध्यक्ष तथा सदश्यको पद रिक्त हुने अवस्थालाई प्रष्ट सँग खुलाइएको छ । अध्यक्षको काम कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ । अध्यक्ष तथा सदश्यहरुले आफू नियुक्त भएको तीस दिन भित्र आफ्नो व्यक्तिगत विवरण खुलासा गर्नु पर्ने व्यवस्था गरिएको छ । जुन पहिला थिएन । अध्यक्ष, सदश्य र बीमा प्राधिकरणका कर्मचारीहरुले नियमनकारी अवसरको दुरुपयोग गर्न नहुने कुरालाई पनि उल्लेख गरिएको छ ।
लामो समयसम्म बीमा समितिको सञ्चालक समितिको बैठक नै नबस्ने अवस्थालाई ऐनले नै बाध्यात्मक बनाइदिएको छ । अव प्राधिकरणको सञ्चालक समितिको बैठक महिनामा कम्तिमा पनि एक पटक बस्नै पर्ने हुन्छ ।

प्राधिकरणको स्वात्ततामा प्रश्न

ऐनले प्राधिकरणले आफ्ना कर्मचारी दरबन्दी तथा सेवा सुविधा बढाउने स्वात्ततामा भने अंकुस लगाइदिएको छ । कर्मचारीको दरबन्दी र पारिश्रमिक तथा सुविधा थप गर्नु पर्दा मन्त्रालयको स्वीकृति लिनु पर्ने व्यवस्था गरिदिएको छ ।

प्राधिकरणको स्वात्तता हरण गर्ने काम प्राधिकरणको कोष मार्फत भएको छ । प्राधिकरणको एउटा छुट्टै कोषको व्यवस्था गरिएको छ । उक्त कोषमा जम्मा हुने रकमबाट प्राधिकरणले खर्च गरेर बाँकी रहेको रकमको ५० प्रतिशत रकम संघिय संञ्चित कोषमा दाखिल गर्नु पर्नेछ । विगतमा नेपाल सरकारले आर्थिक वर्षको अन्तिम समयमा लक्षित राजस्व पुरा गर्न बीमा समितिको कोषमा भएको रकम मनलाग्दी हिसावले लैजाने गरेको थियो । अवदेखि कानुन बमोजिम हरेक वर्ष यस्तो रकम लैजाने बाटो खोलिदिएको छ । यो व्यवस्था बीमा समितिले तयार पारेको मस्यौदामा अर्थमन्त्रालयले नै थप गरिदिएको हो ।

बीमा कम्पनीको लाइसेन्स दिने व्यवस्था

बीमा प्राधिकरणले नै जीवन, निर्जीवन, लघु बीमा र पुनर्बीमा कम्पनीको इजाजतपत्र दिन सक्नेछ । यस भन्दा अगाडी जीवन बीमाको हकमा नेपाल सरकारको अनुमतिमा बीमा समितिले लाइसेन्स दिने व्यवस्था थियो । अव बीमा प्राधिकरण आफैले लाइसेन्स दिन सक्नेछ ।
अहिलेको ऐनले एक पटक स्थापना भएको बीमा कम्पनीले हरेक वर्ष नविकरण गर्नै पर्ने झण्झटबाट मुक्त गरिदिएको छ । नयाँ ऐनमा बीमा कम्पनीको पूँजी घटाउन सक्ने व्यवस्थालाई पनि खुला गरिदिएको छ । बीमा कम्पनीहरुले दाबी भुक्तानी कोष तथा जगेडा कोष बनाउनु पर्नेछ ।

नयाँ ऐनले लाभांश वितरण गर्न रोक लगाउन सक्ने संस्थागत सुशासनको व्यवस्थालाई ऐनमै थोपरेको छ । कम्पनीको आइपिओ निष्काशनको व्यवस्थालाई पनि ऐनमा अटाइएको छ ।

बीमा कम्पनीको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतसम्बन्धी व्यवस्थालाई पनि ऐनमै राखिएको छ । सञ्चालकको योग्यता, अयोग्यता र पदावधी समेत समावेश गरिएको छ । प्रमुख कार्यकारी अधिकृतको पदावधी एक कार्यकाल भन्दा थप्न नमिल्ने व्यवस्था रहेको ऐनमा सञ्चालकको पदावधी भने जति पटक पनि नियुक्त गरिरहन सक्ने गरि पुनः नियुक्त गर्नसकिने व्यवस्था गरिदिएको छ ।

पहिलाको ऐनमा लघु बीमा कम्पनी र पुनर्बीमा कम्पनीको व्यवस्था थिएन । तर अहिलेको ऐनमा लघु बीमा र पुनर्बीमा गर्नु पर्ने भन्दै छुट्टै व्यवस्था गरिएको छ । बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायक सम्बन्धी छुट्टै व्यवस्था छ । अभिकर्ता र सर्भेयरका विषयमा धेरै कुराहरु खुलाइएका छन् । जुन संस्थागत सुशासन निर्देशिकाका अतिरिक्त केहि थप व्यवस्था पनि ऐनमा आएको छ ।

बीमा कम्पनीलाई समस्याग्रस्त घोषणा गर्ने व्यवस्था

बीमा ऐन २०७९ मा बीमा कम्पनीलाई समस्याग्रस्त घोषणा गर्न पाउने व्यवस्था गरेको छ । यो बीमा क्षेत्रका लागि नयाँ अभ्यास हुनेछ । समितिले एभरेष्ट इन्स्योरेन्सको घटनालाई हेर्दै यस्तो व्यवस्था गरेको हो । ऐनमै समस्याग्रस्त कम्पनीको सुधारका उपायहरु पनि सुझाइएको छ । यसका लागि विशेष व्यवस्थापन समिति गठन गर्ने प्रकृयाँदेखि लिएर समितिको काम कर्तव्य अधिकारीको व्यवस्था गरिएको छ ।
नयाँ ऐनले बीमा कम्पनीहरुको मर्जरका विषयमा पनि राम्रो व्यवस्था गरिदिएको छ । जुन कुरा संस्थागत सुशासनमा मात्रै थियो । बीमको खारेजी गर्ने सम्मको व्यवस्थालाई स्पष्ट पारिएको छ । जुन व्यवस्था पहिलाको ऐनमा थिएन । दाबी भुक्तानीका विषयलाई पनि ऐनमा उल्लेख गरिएको छ ।

नयाँ ऐनले प्रदेशमा बीमा सञ्चालन र व्यवस्थापनको व्यवस्था गरे पनि प्रदेशलाई बीमा कम्पनीको नयाँ लाइसेन्स दिने अधिकारी भने दिइएको छैन । यसले प्रदेश स्तरमा खासै ठुलो महत्व राख्ने देखिदैन । यो ऐन जरिवाना र दण्ड सजायमा कठोर देखिएको छ । बीमा ऐन २०४९ मा अधिकतम १० हजार रुपैयाँसम्म मात्रै जरिवाना गर्न सकिने व्यवस्था थियो । अव बीमा प्राधिकरणले १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ । बीमा ऐनले अनुमति विना बीमा जोडेर कुनै पनि कम्पनी खोल्ने तथा व्यवसाय गर्ने कामलाई प्रतिवन्ध लगाएको छ । अर्को तर्फ बीमा संस्थान ऐनलाई यसले खारेज गरिदिएको छ । संस्थानलाई एक वर्ष भित्रमा पब्लिक लिमिटेड कम्पनीको रुपमा परिणत हुन समय दिइएको छ ।

बीमा ऐन २०७९ मा भएका मुख्य मुख्य व्यवस्थाहरु 

  • प्राधिकरणको स्थापना
  • प्राधिकरण स्वशासित र सङ्गठित संस्था हुने
  • प्राधिकरणको काम, कर्तव्य र अधिकार
  • समितिको गठन
  • अध्यक्ष वा सदस्यको नियुक्ति
  • अध्यक्ष वा सदस्यको योग्यता र अयोग्यता
  • अध्यक्ष र सदस्यको पदावधि
  • अध्यक्ष र सदस्यको सेवाका शर्त
  • सपथ लिनु पर्ने
  • अध्यक्ष वा सदस्यको पद रिक्त हुने अवस्था
  • अध्यक्षको काम, कर्तव्य र अधिकार
  • प्राधिकरणलार्इ जानकारी गराउनु पर्ने
  • नियमनकारी अवसरको दुरुपयोग गर्न नहुने
  • समितिको बैठक
  • स्वार्थ बाझिएमा निर्णय गर्नमा बन्देज
  • समिति तथा उपसमिति गठन गर्न सक्ने
  • कर्मचारी सम्बन्धी व्यवस्था
  • प्राधिकरणको कोष
  • आय व्ययको लेखा
  • लेखापरीक्षण
  • लेखापरीक्षण समिति
  • इजाजतपत्र नलिई बीमा व्यवसाय गर्न वा गराउन नहुने
  • बीमा कम्पनीको संस्थापना
  • पूर्वस्वीकृति लिनु पर्ने
  • पूर्वस्वीकृति दिन इन्कार गर्न सक्ने
  • निवेदन दिनु पर्ने
  • इजाजतपत्र दिने
  • बीमा व्यवसाय प्रारम्भ गर्नु पर्ने
  • पूर्वस्वीकृति वा इजाजतपत्र जारी गर्न रोक लगाउन सक्ने
  • शाखा कार्यालय खोल्न सक्ने
  • सम्पर्क कार्यालय खोल्न सक्ने
  • इजाजत खारेज गर्न सकिने
  • सूची प्रकाशन गर्नु पर्ने
  • चुक्ता पूँजी कायम गर्नु पर्ने
  • पूँजी घटाउन आदेश दिन सक्ने
  • बीमा कोष
  • अनिवार्य जगेडा कोष
  • महाविपत्ति कोष राख्नु पर्ने
  • दाबी भुक्तानी कोष तथा जगेडा कोष
  • दायित्वभन्दा सम्पत्ति बढी हुनु पर्ने
  • लाभांश वितरण गर्नमा बन्देज
  • शेयरको बाँडफाँट
  • विवरणपत्र तथा शेयर निष्काशन
  • शेयर बिक्री गर्न, धितोबन्धक राख्न वा हक हस्तान्तरण गर्न नपाउने
  • सञ्चालक समितिको गठन
  • सञ्चालकको पदावधि
  • सञ्चालकको योग्यता
  • सञ्चालकको अयोग्यता
  • सञ्चालक आफ्नो पदमा बहाल नरहने अवस्था
  • सञ्चालक समितिको बैठक:
  • सञ्चालक समितिको काम, कर्तव्य र अधिकार:
  • समिति वा उपसमिति गठन गर्न सक्ने
  • अधिकार प्रत्यायोजन
  • बीमकको व्यवस्थापन
  • कार्यकारी प्रमुखको नियुक्ति
  • कार्यकारी प्रमुखको काम, कर्तव्य र अधिकार:
  • व्यवस्थापन वा प्राविधिक सेवा सम्झौता:
  • खवरदारी नीति (ह्विसल ब्लोइङ पोलिसी) बनाउन सक्ने
  • बीमा व्यवसायको किसिम
  • बीमा करार
  • बीमालेख
  • बीमाशुल्क
  • सामूहिक बीमा कोष:
  • बीमा गर्न नहुने
  • साझेदारीमा व्यवसाय गर्न वा सम्पत्ति जोड्न नहुने
  • सम्पत्तिको भोगचलन गर्न नहुने
  • बीमकले गर्न नहुने काम
  • परिपालन अधिकृत नियुक्त गर्नु पर्ने
  • बचतको बाँडफाँट गर्नु पर्ने
  • खुद सम्पत्तिको आधारमा जोखिम स्वीकार गर्नु पर्ने
  • सहायक कम्पनीमा लगानी
  • सम्पत्ति बेचबिखन गर्दा स्वीकृति लिनु पर्ने
  • लघुबीमा गर्नु पर्ने
  • लघुबीमा मात्र गर्ने प्रयोजनको लागि बीमा कम्पनी खोल्न सकिने
  • करार गर्नु पर्ने
  • लघुबीमा दाबी
  • लघुबीमा नियमन शुल्क
  • पुनर्बीमा गराउनु पर्ने
  • पुनर्बीमा व्यवसाय:
  • पुनर्बीमा करार सम्बन्धी व्यवस्था
  • हिसाब किताब दुरुस्त राख्नु पर्ने
  • वित्तीय विवरण तयार गर्नु पर्ने
  • बीमकको लेखापरीक्षण समिति
  • बीमकको लेखापरीक्षकको नियुक्ति
  • बीमकको लेखापरीक्षण
  • लेखापरीक्षण सम्बन्धमा आदेश दिन सक्ने
  • कारबाहीको सिफारिस गर्ने
  • इजाजतपत्र नलिई काम गर्न नहुने
  • बीमा मध्यस्थकर्ताको इजाजत
  • बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको योग्यता
  • बीमा मध्यस्थकर्ताको दायित्व
  • इजाजतपत्र नवीकरण सम्बन्धी व्यवस्था
  • इजाजतपत्र खारेज हुने
  • नवीकरण नहुने
  • काममा लगाउन नहुने
  • नियमन, निरीक्षण तथा अनुगमन गर्ने
  • विदेशी बीमा कम्पनीले प्राधिकरणलाई जानकारी गराउनु पर्ने
  • नियमन शुल्क
  • बीमक समस्याग्रस्त भएको मानिने
  • समस्याग्रस्त बीमकको सुधारका उपायहरु
  • विशेष व्यवस्थापन समूह
  • विशेष व्यवस्थापन समूहको काम, कर्तव्य र अधिकार
  • पदाधिकारी निलम्बन हुने
  • सूचना दिनु पर्ने
  • नयाँ वित्तीय विवरण तयार गर्नु पर्ने
  • बीमकको अवस्थामा सुधार आएपछिको व्यवस्था
  • बीमकको अवस्थामा सुधार नआएमा गरिने व्यवस्था
  • बीमकको वित्तीय स्थिति सुधारको लागि सिफारिस गर्न सक्ने
  • बीमकको विशेष व्यवस्थापन सम्बन्धी अन्य व्यवस्था
  • अन्तिम प्रतिवेदन पेश गर्नु पर्ने
  • बीमा व्यवसाय हस्तान्तरण गर्न सक्ने
  • बीमक गाभ्न वा गाभिन सक्ने
  • प्राधिकरणले गाभ्न वा गाभिन निर्देशन दिन सक्ने
  • बीमकले अर्को बीमक प्राप्ति गर्न सक्ने
  • बीमकको खारेजी
  • बीमक खारेजी सम्बन्धी शर्तहरु
  • प्राधिकरणले दामासाहीको कारबाही प्रारम्भ गर्न सक्ने
  • लिक्विडेटरको नियुक्ति
  • बीमक खारेज हुँदा दायित्वको भुक्तानीमा प्राथमिकता
  • विदेशी बीमा कम्पनीको नेपालमा रहेको शाखा कार्यालयको दामासाही
  • बीमा दाबी फर्स्यौट गर्नु पर्ने
  • सानो रकमको दाबी फर्स्यौट
  • स्पष्ट क्षति वा हानि नोक्सानी
  • भुक्तानी पाउने व्यक्ति
  • दाबी भुक्तानी सम्बन्धी उजुरी
  • हानि नोक्सानी सम्बन्धी उजूरी
  • बीमा मध्यस्थता
  • प्रदेशमा बीमा सञ्चालन र व्यवस्थापन
  • विवरण उपलब्ध गराउनु पर्ने
  • प्रतिवेदन पेश गर्नु पर्ने
  • नियमनको कारबाही
  • बीमा भुक्तानी रोक्का राख्न वा खारेजी गर्न निर्देशन दिन सक्ने
  • इजाजतपत्र निलम्बन गर्न वा व्यवसाय गर्न रोक लगाउन सक्ने
  • बीमकको इजाजतपत्र खारेज गर्न सक्ने
  • जरिबाना गर्न सक्ने
  • कारबाहीको कार्यविधि
  • कसुर
  • दण्ड सजाय
  • बीमा व्यवसाय सम्बन्धी कार्य गर्न नपाउने
  • बीमित सम्बन्धी विशेष व्यवस्था
  • बाधा बिरोध गर्नेलाई सजाय
  • उजुरी दिने हदम्याद
  • नेपाल सरकार वादी हुने
  • मुद्दा हेर्ने अधिकारी र निर्णय कार्यान्वयन
  • विवरण माग्ने
  • सजाय गर्न बाधा नपर्ने
  • बीमित हित संरक्षण कोष
  • बीमा विकास कोष
  • गुनासो सुनुवाई
  • बीमक बाहेक अन्य कसैसँग बीमा व्यवसाय सम्बन्धी कारोबार गर्न नहुने
  • विज्ञ समूह गठन गर्न सक्ने
  • बीमा सूचना केन्द्र
  • बीमा प्रतिष्ठान (इनिस्टच्युट) को स्थापना गर्न सक्ने
  • तथ्याङ्क सङ्कलन गर्न सक्ने
  • असल नियतले गरेको काममा जवाफदेही हुन नपर्ने
  • नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्ने
  • अधिकार प्रत्यायोजन
  • नेपाल सरकारसँग सम्पर्क
  • सार्वजनिक निकायसँग समन्वय गर्ने
  • अन्तर्राष्ट्रिय सहयोग र सम्बन्ध
  • नेपाल सरकारले निर्देशन दिन सक्ने
  • विशेषज्ञको सेवा उपलब्ध गराउनु पर्ने
  • आदेश तथा निर्देशन जारी गर्न सक्ने
  • यसै ऐन बमोजिम हुने
  • नियम बनाउने अधिकार
  • विनियम बनाई लागू गर्ने
  • निर्देशिका तथा कार्यविधि बनाई लागू गर्ने
  • ऐन कार्यान्वयन मापन
  • खारेजी र बचाउ
  • (१) देहायका ऐन खारेज गरिएका छन्
  • (क) बीमा ऐन, २०४९
  • (ख) राष्ट्रिय बीमा संस्थान ऐन, २०२५

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

17%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS