IME Life
GBIME

गुराँस लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलवार कम्पनीले प्रस्ताव गरेको ७ दशमलव ४४ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।

नेप्सेले कम्पनीको पछिल्लो कारोबार दिन कायम अन्तिम शेयर मूल्य ४८५ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । समायोजन पछिको मूल्य नेप्सले प्रतिकित्ता ४५१ रुपैयाँ ४० पैसा तोकेको छ । मर्जर प्रयोजनका लागि कम्पनीको शेयर कारोबार गत जेठ ३ गतेदेखि नै रोक्का रहेको छ ।

Crest

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट हाल कायम चुक्तापूँजी  २ अर्ब ८ करोडभन्दा बढीको आधारमा ७ दशमलव ४४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावसहित मर्जर लगायत विविध प्रस्ताव पारितका लागि कम्पनीले कात्तिक ४ गते १२औं वार्षिक साधारणसभा बोलाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS