SKIP THIS

MLBL
IME Life
Beema Board

आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभा आज हुँदै, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आज असोज २६ गते पाँचौ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले सभामा संस्थापक शेयरधनीहरु सँग सत प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव लैजाने भएको छ । नियमनकारी निकाय बीमा समितिबाट २०७९ चैत मसान्तभित्र कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ कायम गर्नु पर्न निर्देशन भएको र सो निर्देशन बमोजिम संस्थापक शेयरधनीबाट हाल कायम रहेको चुक्ता पूँजीको शत प्रतिशत बराबरको शेयर पूँजी पुनः थप गर्ने र कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव सभामा पेश गर्नेछ ।

कम्पनीको प्रबन्धपत्रको उद्देश्यमा कम्पनीले आवश्यकता अनुसार विभिन्न सहायक कम्पनीहरु स्थापना गर्ने उद्देश्य थप गर्ने प्रस्ताव लैजानेछ । संशोधित प्रवन्धपत्र तथा नियमावली अभिलेख थर्न निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने विशेष प्रस्ताव रहेको छ ।

Prabhu
Crest

संस्थापक समुहको शेयर जारी पछि कम्पनीले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने प्रस्तावलाई पनि सभाबाट पारित गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरसको रोकथाप तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोरोनकोषमा गरिएको योगदान रकम ७ लाख ५० हजार रुपैयाँलाई पनि सभाबाट अनुमोदन गर्नेछ ।

सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने सामान्य प्रस्ताव छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात नाफा नोक्सान हिसाव नगर प्रवाह विवरण र तत् सम्बन्धित अनुसूची तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरिको वित्तीय विवरण माथि छलफल गरी पारित गरिने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

93%

खुसी

0%

दु :खी

0%

अचम्मित

7%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS