काठमाडौं । आज नेप्से परिसूचक १६ दशमलव ०६ अंकले घटेर १,८५५ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज ३३ कम्पनीको शेयर मुल्य बढेको छ भने १४२ कम्पनीको शेयर मुल्य घटेको छ । आज ट्रेडिङ, होटल एण्ड टुरिजम र म्युचुअल फण्ड बाहेक सबै उपसूचक बढेका छन् ।
आज सबैभन्दा धेरै समिट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । सिटिजन म्युचुअल फण्ड १ का इकाईधनीले ८ दशमलव ५२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै विन्ध्याबासिनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।