Connect IPS
IME Life

उच्च जोखिममा रहेका उम्मेदवारले निर्वाचनमा करोडौ खर्च गर्दा बीमा समेत गर्दैनन् !

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यहि मंसिर चार गते प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । निर्वाचनमा प्रत्यक्ष तर्फ प्रतिनिधि सभा सदश्यका लागि २५२६ जना र प्रदेश सभा सदश्यका लागि ३४७६ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचनको समयमा उम्मेदवार सबैभन्दा धेरै जोखिममा हुन्छन् । तर यहि सर्वाधिक जोखिममा रहने समुहले भने बीमा गरेको पाइदैन । निर्वाचन आयोगले निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीको सामुहिक दुर्घटना बीमा गरेको पाइन्छ । तर उम्मेदवारले भने बीमा गरेको पाइदैन । निर्वाचन आयोगले उनिहरुको बीमालाई अनिवार्य पनि गरेको छैन ।

Prabhu
Crest

निर्वाचनको समयमा उम्मेदवारले करोडौ रुपैयाँ खर्चिने गर्छन् । स्थानीय निकायको सामान्य वडा अध्यक्षका उम्मेदवारले समेत २०/२५ लाख खर्च गरेको पाइयो । मेयरको ठाउँ हेरेर करोड भन्दा माथि खर्च भयो । अहिले हुन गइरहेको प्रदेश सभा र प्रतिनिधिसभाका उम्मेदवारले न्युनतम पनि ५० लाख भन्दा माथि खर्च गर्नु पर्ने अवस्था रहेको छ ।

नेता कार्यकर्ताका साथै खान पान, यातायातमा ठुलो रकम खर्च हुन्छ । कतिपय उम्मेदवारले मतदाताहरुलाई रिझाउन प्रत्यक्ष रुपमै अनेकौ बहानामा खर्च गर्छन् । चुनाव प्रसार प्रसारका क्रममा विगका चुनावमा कयौ नेता तथा कार्यकर्ताको दुर्घटनामा परि मृत्यु भएको कयौ उदाहरण छन् । अझ गोलि चल्दा बम पड्कदा कयौ नेता तथा कार्यकर्ताको मृत्यु हुने गरेको छ ।

चुनावका दौरानमा जुन सुकै दुर्घटना घट्न सक्छ त्यसैले यो अवधि उम्मेदवार तथा नेता कार्यकता सर्वाधिक जोखिममा रहन्छन् । बीमा सम्भावित जोखिम निराकरण तथा भवितव्य दुर्घटना भइहाल्यो भने राहत पाउने उत्तम उपाय हो । विश्वका कयौ देशमा नेता तथा कार्यकर्ताको बीमा हुँदैन । तर नेपालमा त्यस्तै कुनै पनि व्यवस्था छैन । तर पनि नेता कार्यकर्ताले बीमा गरेको पाइदैन ।

राजनीतिक दलले नै उम्मेदवारको सामुहिक दुर्घटना बीमा गर्न सक्छन् । यसका लागि धेरै ठुलो रकम पनि खर्च हुँदैन । प्रमुख उम्मेदवारले जुन सुकै बीमा कम्पनीबाट आवधिक जीवन बीमा पोलिसी खरिद गर्न सक्छन् । सामान्य ५० लाख रुपैयाँकै बीमा गर्दा पनि दुई हजार रुपैयाँ भन्दा धेरै तिर्नु पर्दैन ।

कम्पनीहरुले विभिन्न सुविधा दिएर बीमा शुल्क निर्धारण गर्छन् । त्यसैले गर्दा कम्पनी र कम्पनीले जारी गरेका पोलिसी अनुसार बीमा शुल्क फरक फरक पर्न जान्छ । दुर्घटना मृत्यु बीमा निर्जीवन बीमा कम्पनीहरुले पनि गर्छन् । अर्को तर्फ जीवनले भने आवधिक जीवन बीमा गर्छन् । यसरी सर्वाधिक जोखिमको समयमा आफुलाई र आफ्नो परिवारलाई सुरक्षित बनाउने यो सबैभन्दा उत्तम उपाय हो ।

उम्मेदवारले आवधिक जीवन बीमा गर्दा स्वास्थ्य बीमा गर्दा अझ राम्रो हुन्छ । निर्वाचनको दौडधुपले विरामी हुने सम्भावना उच्च रहन्छ । यस्तो अवस्थामा स्वास्थ्य बीमा पनि एउटा उत्तम विकल्प हुन्छ । आफ्नो मात्रै नभएर कार्यकर्ताले पनि बीमा गर्नु अनिवार्य छ । निर्वाचनमा उम्मेदवारलाई जिताउन हिड्दा दुर्घटना परेर कयौ कार्यकर्ताले ज्यान गुमाएका अनेकौ उदाहरण छन् । निर्वाचन आयोगले नै राजनितिक दल तथा स्वतन्त्र उम्मेदवारलाई अनिवार्य बीमा गर्नु पर्ने व्यवस्था आवस्यक देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

0%

दु :खी

0%

अचम्मित

40%

उत्साहित

20%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS