IME Life
Beema Board

कम्पनी रजिष्ट्रारमा दर्ता भएकामध्ये ६० प्रतिशत व्यवसाय निष्कृय

SPIL
Office of the Company Registrar
NIC ASIA
Sanima Reliance

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएकामध्ये ६० प्रतिशत फर्म तथा कम्पनी निष्कृय रहेका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार दर्ता भएकामध्ये अधिकांश उद्योग, व्यवसाय नविकरण गरिएका छैनन् ।

कार्यालयका अनुसार आ.व. २०७७/७८ मा ९१ हजार ७ सय ४७ वटा कम्पनी, फर्म नविकरण भएका थियो । त्यसैगरी गत आ.व. २०७८/७९ मा थप २५ हजार ८ सय ६० वटा फर्म तथा कम्पनी नविकरण गरिएका छन् । २०७६/७७ सम्म नविकरण नगराएका कम्पनी वा फर्मका नविकरण गर्दा लाग्ने जरिवानामा छुट घोषणा गरेकाले आ।व। २०७८/७९ मा जरिवाना छुटको सदुपयोग गर्दै २५ हजारभन्दा बढी फर्म तथा कम्पनी नविकरण भएको कार्यालयले जानकारी दिएको छ ।

Prabhu
Crest

कार्यालयका अनुसार २०७६/७७ सम्म नविकरण नगराएका कम्पनी वा फर्मको नविकरणमा लाग्ने जरिवाना रकमको जम्मा ५ प्रतिशत लाग्ने घोषणा गरिएको छ । यो छुट सुविधा २०७९ पुस महिनासम्म मात्र उपलब्ध हुनेछ । दर्ता भएकामध्ये काठमाण्डौं उपत्यकाभित्र मात्र १ लाख ९० हजार ५ सय १६ वटा उद्योग दर्ता रहेका छन् ।

कार्यालयका अनुसार नेपालमा दर्ता भएकामध्ये १ हजार १ सय ७९ वटा प्रत्यक्ष वैदेशिक लगानीका कम्पनी रहेका छन् । नेपालमा भारत र चीनबाट उद्योग, व्यवसायमा सर्वाधिक प्रत्यक्ष वैदेशिक लगानी गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS