IME Life
Beema Board

कुल गार्हस्थ उत्पादनकाे तुलनामा बीमाशु्ल्ककाे अनुपात ३‍.७ प्रतिशत पुग्याे: अर्थ मन्त्रालय

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डाै‌ं । अर्थ मन्त्रालयले नेपालकाे कुल गार्हस्थ उत्पादनको अनुपातमा बीमाशुल्क संकलन बढेर ३.७ प्रतिशत पुगेकाे जानकारी दिएकाे छ । मन्त्रालयले सार्वजनिक गरेकाे गत आर्थिक वर्षकाे सूचका‌ंक सहितकाे पत्रिकामा आर्थिक वर्ष २०७८/७९ मा बीमा कम्पनीहरूले संकलन गरेकाे बीमाशुल्क अघिल्लाे आर्थिक वर्षकाे तुलनामा  १६.३ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ५३ कराेड रुपैयाँ पुगेकाे छ । कूल बीमाशुल्क संकलन दाेहाेराे अंकले वृद्धि भएपनि कूल गार्हस्थ उत्पादनकाे अनुपातमा जम्मा ०‍‌.०१ प्रतिशतकाे वृद्धि भएकाे छ ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७।७८ मा बीमा कम्पनीले १ खर्ब ५२ अर्ब ६५ कराेड रुपैयाँ स‌ंकलन गरेका थिए । आर्थिक वर्ष २०७७।७८ मा कुल गार्हस्थ उत्पादनकाे अनुपातमा बीमाशुल्क संकलन ३.६ प्रतिशत रहेकाे थियाे ।  यसअघि आर्थिक वर्ष २०७६।७७ मा कुल गार्हस्थ उत्पादनकाे अनुपातमा बीमाशुल्क संकलन ३.१ प्रतिशत हाराहारीमा सीमित थियाे ।

Prabhu
Crest

अर्थ मन्त्रालयले कुल जनसंख्याकाे ३९.०६ प्रतिशत जनसंख्या बीमाकाे दायरामा समेटिएकाे जानकारी दिएकाे छ । मन्त्रालयले सार्वजनिक गरेकाे गत आर्थिक वर्षकाे आर्थिक सूचकांक अनुसार असार मसान्तसम्ममा बीमाको दायरामा आएको जनसंख्या म्यादी र लघु म्यादी जीवन बीमालेख सहित ३९.०६ प्रतिशत पुगेकाे उल्ले छ। मन्त्रालयका अनुसार २०७८ असार मसान्तमा यस्तो जनसंख्या  २५. २३ प्रतिशत रहेकाे थियाे । वैदेशिक राेजगारी बीमालेख सहित बीमाकाे दायरामा समेटिएकाे जनसंख्या २०७९ असार मसान्तसम्ममा ४२.०३ प्रतिशत पुगेकाे छ । २०७८ असार मसान्तसम्ममा वैदेशिक राेजगारी बीमालेख सहित समेटिएकाे यस्तो जनसंख्या २७.५३ प्रतिशत रहेकाे थियाे ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS