काठमाण्डाैं । अर्थ मन्त्रालयले नेपालकाे कुल गार्हस्थ उत्पादनको अनुपातमा बीमाशुल्क संकलन बढेर ३.७ प्रतिशत पुगेकाे जानकारी दिएकाे छ । मन्त्रालयले सार्वजनिक गरेकाे गत आर्थिक वर्षकाे सूचकांक सहितकाे पत्रिकामा आर्थिक वर्ष २०७८/७९ मा बीमा कम्पनीहरूले संकलन गरेकाे बीमाशुल्क अघिल्लाे आर्थिक वर्षकाे तुलनामा १६.३ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ५३ कराेड रुपैयाँ पुगेकाे छ । कूल बीमाशुल्क संकलन दाेहाेराे अंकले वृद्धि भएपनि कूल गार्हस्थ उत्पादनकाे अनुपातमा जम्मा ०.०१ प्रतिशतकाे वृद्धि भएकाे छ ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७।७८ मा बीमा कम्पनीले १ खर्ब ५२ अर्ब ६५ कराेड रुपैयाँ संकलन गरेका थिए । आर्थिक वर्ष २०७७।७८ मा कुल गार्हस्थ उत्पादनकाे अनुपातमा बीमाशुल्क संकलन ३.६ प्रतिशत रहेकाे थियाे । यसअघि आर्थिक वर्ष २०७६।७७ मा कुल गार्हस्थ उत्पादनकाे अनुपातमा बीमाशुल्क संकलन ३.१ प्रतिशत हाराहारीमा सीमित थियाे ।
अर्थ मन्त्रालयले कुल जनसंख्याकाे ३९.०६ प्रतिशत जनसंख्या बीमाकाे दायरामा समेटिएकाे जानकारी दिएकाे छ । मन्त्रालयले सार्वजनिक गरेकाे गत आर्थिक वर्षकाे आर्थिक सूचकांक अनुसार असार मसान्तसम्ममा बीमाको दायरामा आएको जनसंख्या म्यादी र लघु म्यादी जीवन बीमालेख सहित ३९.०६ प्रतिशत पुगेकाे उल्ले छ। मन्त्रालयका अनुसार २०७८ असार मसान्तमा यस्तो जनसंख्या २५. २३ प्रतिशत रहेकाे थियाे । वैदेशिक राेजगारी बीमालेख सहित बीमाकाे दायरामा समेटिएकाे जनसंख्या २०७९ असार मसान्तसम्ममा ४२.०३ प्रतिशत पुगेकाे छ । २०७८ असार मसान्तसम्ममा वैदेशिक राेजगारी बीमालेख सहित समेटिएकाे यस्तो जनसंख्या २७.५३ प्रतिशत रहेकाे थियाे ।