Connect IPS
IME Life

हवाई भाडा दाेब्बर महँगाे भएपछि यसवर्ष टीकाकै दिनकाे पनि टिकट फालाफाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डाैं । हवाई यात्रा महँगिएपछि यस पटककाे दशैंमा आकाश मार्ग हुँदै घर फर्किनेका लागी मुख्य शहरी गन्तव्यहरुकाे लागी हवाई टिकट फालाफाल उपलब्ध रहेकाे छ । गतवर्ष सम्म सीमित उडान र सस्ताे हवाई टिकटका कारण दशैंमा हवाई मार्गबाटै यात्रा गर्न रुचाउनेहरु यसपटक झण्डै दाेब्बर भाडा तिर्नुपरेपछि स्थल मार्गबाटै यात्रा गर्न बाध्य भएका छन् ।

गत वर्ष दशैंमा २ हजार पाँच सय रूपैयाँ टिकट दर रहेकाे काठमाण्डाैं सीमराकाे टिकट दर अहिले ४ हजार २ सय ४५ रूपैयाँ पुगेकाे छ । याे गन्तव्यमा यसवर्ष टीकाकै दिनकाे लागी समेत दुबै तर्फबाट यात्रा गर्नकाे लागी बुद्ध एयर र यति एयरकाे हवाई टिकट सहजै उपलब्ध रहेकाे छ । याे रुटमा ३ हजार ७ सय रुपैयाँदेखि महँगाेमा ४ हजार २ सय ४५ रूपैयाँसम्मकाे टिकट उपलब्ध रहेकाे छ ।  प्रदेश २ कै जनकपुर विमानस्थलकाे लागी ३ हजार ५ सय ५० देखि ५ हजार ८ सय ६० रुपैयाँसम्मकाे हवाई टिकट बुद्ध एयर, यति एयर, श्री एयरले उपलब्ध गराएका छन् ।

Prabhu
Crest

काठमाण्डाैंदेखि गण्डकी प्रदेशकाे राजधानी पाेखराकाे लागी पनि दुईतर्फी हवाई टिकट पनि उपलब्ध रहेकाे छ । याे गन्तव्यमा यसवर्ष टीकाकै दिनकाे लागी बुद्ध एयर, यति एयर र श्री एयरकाे हवाई टिकट सहजै उपलब्ध रहेकाे छ । त्यसैगरी काठमाण्डाै‌ं भैरहवा हवाई रूटमा बुद्ध एयर, यति एयर, श्री एयर र साैर्य एयरलाइन्सकाे हवाई टिकट नियमित मूल्यमै उपलब्ध छ ।

काठमाण्डाैंबाट तुलनात्मकरूपमा लामाे दूरीकाे उडान भर्नुपर्ने लुम्बिनी प्रदेशकाे नेपालगंज र सुदूरपश्चिमकाे धनगढी विमानस्थलकाे हवाई टिकट पनि केही नगद छुट देखि पुरा शुल्क सहितकाे टिकट समेत दुबैतर्फबाट उपलब्ध रहेकाे छ । याे दुबै रूटमा बुद्ध एयर, यति एयर र श्री एयरले याे रूटमा ६ हजार ३ सय ५० देखि १३ हजार ९ सय ८० रूपैयाँसम्मकाे एकतर्फी हवाई टिकट बिक्री भइरहेकाे छ । कर्णाली प्रदेशकाे राजधानी सुर्खेतकाे लागी बुद्ध एयरकाे एउटा मात्र उडान भएकाले १० हजार ९ सय ९५ देखि ११ हजार ६ सय ९५ रुपैयाँसम्मकाे हवाई टिकट उपलब्ध रहेकाे छ ।

प्रदेश १ काे व्यस्त विमानस्थलमध्येकाे विराटनगर विमानस्थलसम्मकाे हवाई उडानकाे लागी बुद्ध एयर, यति एयर, श्री एयर, गुण एयर र साैर्य एयरलाइन्सकाे टिकट उपलब्ध छ । याे रुटमा दुबै तर्फबाट ५ हजार ५ सय देखि १० हजार २ सय ५ रुपैयाँसम्मकाे एकतर्फी हवाई टिकट उपलब्ध रहेकाे छ । भद्रपुर विमानस्थलकाे लागी बुद्ध एयर, यति एयर साैर्य एयरलाइन्स, र श्री एयरकाे हवाई टिकट न्यूनत्तम ६ हजार २ सय पचासदेखि १२ हजार ९ सय ५५ रुपैयाँसम्म उपलब्ध छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

40%

दु :खी

0%

अचम्मित

60%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS