IME Life

यसरी मनाउँदैछन् बीमा कम्पनीका सिइओहरुले २०७९ को बडा दशैं

SPIL
NIC ASIA

काठमाडौं । हिन्दुहरुको महान पर्व बडा दशैंका लागि सरकारले असोज १६ गतेदेखि २१ गतेसम्म साताभर विदा दिने भएको छ । यससँगै उक्त समयभर विभिन्न क्षेत्रका कम्पनीहरुको सेवा बन्द हुने गरेको छ । खुशीयाली साटासाट गर्ने, रमाइलो भेटघाट हुने भएकोले दशैंलाई विशेष चाडको रुपमा लिने गरिन्छ । नेपालमा धुमधामका साथ मनाइने मुख्य चाडमध्ये दशैं पनि एक हो । यो समय सिंगो देशवासी नै पर्वमय हुने भएकोले दशैंलाई विशेष चाडको रुपमा दिने गरिन्छ । निजि तथा सरकारी, गैरसरकारी सबै क्षेत्रलाई दशैंको प्रभाव पर्ने भएको हुँदा उक्त समयलाई सबैले आ–आफ्नै तरिकाले उपभोग गर्दै आएका छन् । यस क्रममा नेपालमा फैलिदै गएको बीमा क्षेत्रका सिइओहरुले पनि आ–आफ्नै तारिकाबाट दशैं मनाउने तयारी गरेका छन् । इन्स्योरेन्सखबरले केहि प्रतिनिधि सिइओहरुसँग दशैं कसरी मनाउने योजनामा भन्ने बारे कुराकानीमा आधारित भई लेख तयार पारेको छ ।

दामोदर बसौला – कार्यकारी निर्देशक, स्वास्थ्य बीमा बोर्ड

Prabhu
Crest

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौला यो सालको दशैं पारिपारिक जमघटमा नै विताउने योजनामा छन् । १४ गतेपछि कार्यालय बन्द हुने भएकोले कार्यालय बिदा हुने वित्तिकै उनी आफ्नो घर कास्की, पोखरा जाने तयारीमा छन् । अन्य समय कार्यालयको काममै व्यस्त हुने भएकोले परिवारका सदस्यहरुसाग जमघट गर्ने समय जुर्ने सम्भावना एकदमै कम हुन्छ । तसर्थ दशैंको समय नै परिवार आफन्तसँग भलाकुसारी गर्ने उपयुक्त समय भइदिने हुनाले यो अवसरलाई अन्यत्र खर्च नगर्ने बसौलाको भनाई छ ।

काठमाडौं उपत्यकामा फैलिएको डेंगुको संक्रमणबाट भरखरै तंग्रिएका उनी दशैंभर आराम गर्ने बताउँछन् । स्वास्थ्य अवस्था अझै राम्रो नभएको हुँदा यो वर्षको दशैंमा घरपरिवार, आफन्तकोमा टिका र आशिर्वाद थाप्ने र आराम गर्ने उनको भनाई छ । साथै आफू स्वास्थ्य बीमामा आवद्ध रहेकोले समय मिलेसम्म यस क्षेत्रमा आवद्ध साथीभाइसँग भेटघाट गर्ने, कुराकानी गर्ने सोच बनाएका छन् ।

पुजन ढुङ्गेल – निर्देशक, बीमा समिति

बीमा समितिका निर्देशक पुजन ढुङ्गेलको विचारमा दशैं पारिवारिक जमघटको एउटा राम्रो अवसर हो । वर्षभरी गरिएको भागदौडलाई बिसाउने समयभन्दा पनि फरक पर्दैन । कार्यालयसँगै घरगृहस्थीको जिम्मेवारी कुशलतापूर्वक पू्रा गर्दै आइरहेकी ढुङ्गानाको यो वर्षको दशैं परिवारसँगै वित्ने भएको छ ।

घर र माइती काठमाडौंमा भएकोले काठमाडौंबाट बाहिरिनुपर्ने अवस्था भने छैन उनको । टिकाको दिन विहानै घर र माइत दुवैतर्फ टिका र आशिर्वाद थापेर मात्रै खानपिनमा रमाउने उनी बताउँछिन् । ठूलाबडाको आशिर्वातसँगै पारिवारिक जमघटमा थप खुशी मिल्ने उनी बताउँछिन् । साथै घरमा आउने पाहुनालाई स्वागत सत्कार गर्ने, खानपानको व्यवस्था, भेटघाटमै दशैंको विदा कटाउने ढुङ्गेलको भनाई छ ।

रमेश घिमिरे – सिइओ, निक्षेप तथा कर्जा सुरक्षण कोष

निक्षेप तथा कर्जा सुरक्षण कोषका सिइओ हुन् रमेश घिमिरे । उनले यो वर्षको दशैं आफ्नै परिवारसँग मनाउने योजना बनाएका छन् । घरदेखि टाढा बसेर काम गर्दै आएका हरकोहिलाई चाडवाडमा परिवारमै रमाउने रहर हुन्छ । घिमिरेले पनि साताभर परिवार, आफन्तजनसँगै दशैं मनाउने योजना बनाएका छन् ।

मोरङ जिल्लाको सदरमुकाम विराटनगरका घिमिरे परम्परागत रुपमा खसि काटेर दशैं मनाउने बताउँछन् । यसका अलावा दशैंभर परिवार, आफन्त, नातागोताकोमा गएर टिका थाप्ने आशिर्वाद लिने उनको भनाई छ ।

रमेश कुमार भट्टराई – महालक्ष्मी लाइफ इन्स्योरेन्स

महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनीका सिइओ रमेश कुमार भट्टराईले यो वर्षको दशैं पारिवारिक जमघटमै मनाउने योजना बनाएका छन् । वर्षमा एकचोटी आउने दशैंलाई हर्षाेल्लासमय रुपमा मनाउनुपर्ने उनको बुझाई छ ।

हिन्दुधर्मावलम्बिहरुले विशेष प्राथमिकता दिइने भएतापनि दशैंलाई सिंगो नेपालीको चाडको रुपमा हेर्ने गरिन्छ । छरिएर रहेका नाता आफन्त र परिवारलाई सँगै बनाउने चाड भएकोले पनि दशैंलाई विशेष चाडको रुपमा लिने गर्छन् भट्टराई । साथीभाईसँगको रमाइलो भेटघाट, ठूलाबडाको आशिर्वाद लिने, पारिवारिक जमघटमा थरी थरीका पकवान पाक्ने चाड हो दशैं । सिंगो देशवासीलाई नै एकत्रित गर्ने बडा दशैंमा परिवार, आफन्त नाताजनसँग सकेसम्म धेरै समय विताउने योजनामा रहेको सिइओ घट्टराई बताउँछन् । बाहिरि घुमघामका लागि अन्य समयमा पनि जान सकिन्छ । तर नाता आफन्तलाई भेट्न दशैं जस्तो उपयुक्त समय अरु नभएको उनी बताउँछन् ।

शेखर बराल – सिइओ, राष्ट्रिय बीमा कम्पनी

राष्ट्रिय बीमा कम्पनीका सिइओ शेखर बराल दशैं विदामा जन्मथलो झापा जाने तयारीमा छन् । व्यस्त दैनिकिलाई केहि दिन आराम दिने सोचका साथ यो वर्षको दशैं घरपरिवारसँगै मनाउने उनी बताउँछन् ।

हिन्दुहरुको महान चाडको रुपमा रहेको दशैंको आकर्षण भनेकै टिका, जमरा र आशिर्वाद हो । घरदेखि टाढा टाढा रहेका आफन्तहरु समक्ष पुगेर टिका थाप्ने परम्परा नै हो । यहि परम्परालाई पछ्याउनु नै आफ्नो परम्पराको जगेर्ना गर्र्नु भएको बराल बताउँछन् । त्यसमाथि दशैंलाई परिकार विशेष चाडको रुपमा लिने भएकोले पनि दशैंमा घर जाने र पारिवारिक जमघटमा रमाइलो गर्दै खाने योजना रहेको छ सिइओ बरालको ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS