Connect IPS
IME Life

मासुको पकवान धेरै हुने दशैंमा लामो समयसम्म कसरी सुरक्षित राख्ने ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हरेक वर्ष नवरात्री लिएर आउने दशैंले एकैसाथ सिंगो नेपालीलाई पर्वमा भुलाउने गर्दछ । फरक भाषा, फरक जाती भएतापनि बडा दशैंमा नरमाउने कुनै जाती नहोलान् । त्यसो त दशैंमा मासुको परिकार बढी पाक्ने गर्छ । देश एवम विदेशमा भएकाहरु पनि दशैं मनाउन नेपाल फर्कि आफन्तकोमा पुग्ने गर्छन् । यसरी आफन्त भेट्न आइपुग्ने पाहुनालाई मासुको परिकार वेगर स्वागत गर्न भने मुस्किल नै पर्छ । यसका साथै स्वाद अनुसारको मासुको परिकार हुने दशैंमा लामो समयसम्म मासुलाई सुरक्षित राख्न भने समस्या हुने गरेको छ ।

नेपालमा अझै पनि परम्परागत रुपमा मासुलाई लामो समयसम्म सुरक्षित राख्ने गरेको पाइन्छ । मासुलाई लामो समयसम्म सुरक्षित राख्ने उक्त उपाय फ्रिज भएतापनि धेरै जसोको पहुँचमा नहुन सक्छ । तसर्थ परम्परागत रुपमा मासुलाई सुरक्षित रुपमा राख्न यस्ता उपायहरु अपनाउन सकिन्छ ।

Prabhu
Crest

दशैंमा पाहुनाको लर्काे करिब १ हप्ताभन्दा बढीसम्म लाग्ने गर्दछ । दैनिक जसो आउ जाउ भइरहने भएकोले मासु काट्ने पकाउने गर्दा समय लाग्ने गर्छ । तसर्थ मासुलाई तेलमा तारेर बट्टामा प्याक गरि राख्ने हो भने थोरै समयमै मासु तयार पार्न सकिन्छ । यसका लागि तातो तेलमा मासुलाई रातो रातो हुने गरी तार्ने । तर यसमा कुनै खाले मरमसला, लसुन प्याज वा नुन भने हाल्नु हुँदैन । यी चिजहरु राख्यो भने मासु चाँडो बिग्रिने गर्छ ।

यसरी तेलमा तारेको मासुलाई चिसो हुन दिने र बट्टाहरुमा प्याक गरेर राख्ने । जसै पाहुनाको आगमन हुन्छ मासु निकाल्ने अनि मरमसला लसुन प्याज, गोलभेडा हालेर एकछिन् फ्राइ गर्ने वित्तिकै मासु खानको लागि तयार हुन्छ ।

मासुलाई सुरक्षितसाथ लामो समयसम्म राख्नका लागि आगो वा घाममा सुकाउने गरिन्छ । मासुलाई लामो लामो डोरी जस्तो बनाउने, त्यसमा केहि नुन मरमसला हालेर मोल्ने । केहि समय राखेर घाम अथवा आगोमा सुकाउने । यस्तो प्रचलन अझै पनि गाउँघरतिर पाइन्छ । आगोको चुल्हो माथि अगेनामा टाँग्ने गरिन्छ । यसरी टाँगेको मासु ३/४ दिनमै सुक्छ । यसलाई महिनादिन पछि प्रयोग गर्दा पनि हुन्छ ।
यो बाहेक मासुलाई ताजा राख्नका लागि फ्रिजको प्रयोग एकदमै उपयुक्त मानिन्छ । डिप फ्रिजमा स्टोर गरेर राख्दा मासुमा भएको किटाणु समेत नष्ट हुने गर्दछ । साथै चिसो बरफले मासुलाई पनि जमाएको हुने हुँदा चाडवाडमा तत्कालै मासु फ्रिजबाट निकाले पकाउन भने अलि झन्झट हुने गर्छ ।

यससँगै मासुलाई सुरक्षित राख्नका लागि भने हामीले मासु राख्न प्रयोग गर्ने भाँडोखि काट्ने भाँडासम्मलाई ध्यान राख्नुपर्छ । मासु काट्न प्रयोग गरिने चक्कु भने खिया लागेको हुनु हुँदैन । यदि खिया लागेको धातुले मासु काटेमा उल्टै रोगको सिकार हुनुपर्ने अवस्था आउछ । यसका अलावा मासुलाई झिंगाबाट जोगाउनुपर्दछ । साथै मासु राख्न प्रयोग गरिने भाँडा सफा र खिया नलाग्ने हुनुपर्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS