काठमाडौं । दशैं विदामा पनि नेपालअजोड इन्स्योरेन्स कम्पनीले बीमा सेवा दिने भएको छ । कम्पनीले आफ्नो ग्राहकहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गर्न लागेको हो । कम्पनीले असोज १६,१७,१८,२१,२२ र २९ गते आफ्नो ग्राहकहरुलाई बीमा सेवा दिने जनाएको छ ।
कम्पनीले विदाको समयमा बीमितहरुमा केही समस्या भएको खण्डमा बजार विभाग,वित्त विभाग र अण्डरराइटिङ विभागमा सम्पर्क गरी सेवा लिन सकिने जनाएको छ । दशै बीदामा बीमा सम्बन्धी केही समस्या परेमा कम्पनीले विभिन्न विभागका व्यक्तिलाई सम्पर्क गर्न भनेको छ ।