काठमााडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले दशैं विदामा पनि ग्राहकहरुलाई सेवा दिने भएको छ । जसका लागि कम्पनीले आफ्नो सबै शाखा कार्यालय बन्द रहने हुँदा बीमितहरुको आवश्यकता तथा सेवालाई ध्यानमा राख्दै कर्मचारीहरुसँग सम्पर्क गर्न आग्रह गरेको हो ।
बीमितहरुलाई यो दशै बिदामा कम्पनीको आवश्यक परेको खण्डमा बीमालेख सम्बन्धमा बीमितहरुलाई प्रदेश नं १ का लागि दुईजना कर्मचारी, प्रदेश ३, ४, ५ र ६ को लागि ६ जना कर्मचारी, प्रदेश ४ को लागि २ जना कर्मचारी र प्रदेश नं ७ को लागि २ जना कर्मचारीसँग सम्पर्क गर्नका लागि आग्रह गरेको छ ।
त्यसैगरी बीमा दाबी सम्बन्धमा कम्पनीले ३ जना कर्मचारीहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ भने औषधोपचार बीमा दाबीको सम्बन्धमा २ जना कर्मचारीसँग सम्पर्क गर्न भनेको छ ।