IME Life
GBIME

दशैं अघि हरियाली भएर बन्द भयो बजार, १३४ कम्पनीको शेयर मुल्यमा बृद्धि

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज दशैं अघिको अन्तिम कारोबारको दिन लगानीकर्ताहरु उत्साहित भएका छन् । आज पनि बजार बढेको छ । आज नेप्से परिसूचक १६ दशमलव २९ अंकले बढेर १,८५३ दशमलव ७६ को विन्दुमा कायम भएको छ । आज १३४ कम्पनीको शेयर मुल्य बढेको छ भने ४७ कम्पनीको शेयर मुल्य घटेको छ । आज जीवन बीमा उपसूचक बाहेक सबै उपसूचक बढेका छन् ।

आज दिनभरिमा २२३ कम्पनीको १७ लाख ९१ हजार ४८० कित्ता शेयर किनबेच हुँदा ६३ करोड २४ लाख ७ हजार रुपैयाँको मात्र शेयर कारोबार भएको छ । दशैंको मुखमा लगानीकर्ताहरुले शेयर किन्न कम गरेका छन् । आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्सको सस्थापक शेयर कारोबार भएको छ । कम्पनीको संस्थापक शेयर ४ करोड ८५ लाख रुपैयाँको भएको छ ।

Crest

त्यस्तै, नविल बैंकको २ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको २ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको २ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अभियान लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ दशमलव ७६ प्रतिशतका दरले कमाएका हुन् । जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् । समिट लघुवित्तका लगानीकर्ताले ५ दशमलव ४० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS