SKIP THIS

MLBL
IME Life
Beema Board

इष्टर्न हाइड्रोपावरले असोज २८ गतेदेखि आइपीओ विक्री गर्ने, क-कसले दिन पाउँछन् आवेदन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गतेदेखि सर्वसाधारणमा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँडपछि दोस्रो चरणमा सर्वसाधारणलाई आइपीओ विक्री गर्न लागेको हो ।

कम्पनीले पहिलो चरणमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि बाँडफाँड गरी बाँकी रहेको ५० हजार ३१० कित्ता शेयरसमेत जोडेर ६ लाख ७० हजार ३१० कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

Prabhu
Crest

कुलकित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात् ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात् १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । यी बाहेक बाँकी ६ लाख २३ हजार ३८९ कित्ता शेयर भने सार्वजनिक निष्काशनमा आउन लागेको हो ।

सर्वसाधारणले सार्वजनिक निष्काशनमा आएको शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । यो शेयर छिटोमा कात्तिक १ गतेसम्म विक्री खुला हुनेछ भने सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि कात्तिक १४ गतेसम्म विक्री लम्बिनेछ ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ्गस नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड छ ।

लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीले भोजपुरमा ५ मेगावाट क्षमताको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७६ जेठ २८ गतेदेखि विद्युत् उत्पादन गर्दै आएको छ । उक्त आयोजनाको निर्माण लागत कुल १ अर्ब ३० करोड ५८ लाखभन्दा बढी छ भने प्रतिमेगावाट लागत २६ करोड ११ लाखभन्दा बढी छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS