IME Life
GBIME

एशियन लाइफको साधारणसभा आज हुँदै, लाभांश सहित यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं। एशियन लाइफ इन्स्योरेन्सले आज असोज १३ गते साधारणसभा गर्ने निर्णय गरेको छ। कम्पनीले आफ्नो १४ औ वार्षिक साधारणसभा असोज १३ गते होटल क्लासिक सिमरा, बारामा गर्दै छ । साधारणसभा विहान ११:३० बजे सुरु हुँदै छ ।

सभाले आर्थिक वर्ष ७७/७८ को संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ५३ करोडको आधारमा १४ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने छ।

Crest

त्यस्तै, कम्पनीको हाल कायम पुँजी संरचनामा सस्थापक तर्फको ६० प्रतिशत र सर्वसाधारण तर्फको ४० प्रतिशतको अनुपातलाई सस्थापक तर्फ ५१ प्रतिशत र सर्वासाधारण तर्फ ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ४ गते बुक क्लोज गरेको थियो। यसको आधारमा असोज ३ गतेसम्म कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिनुका साथै लाभांश प्राप्त गर्ने छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS