SKIP THIS

MLBL
IME Life
Beema Board

पूँजी बृद्धि पछि दाबी भुक्तानी बढ्ने, मंसिरदेखी समितिले जनचेतनालाई अभियानको रुपमा सञ्चालन गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुको पूँजी वृद्धि भएपछि बीमा दावी भुक्तानी र बीमाप्रतिको विश्वास समेत बढ्दै जाने बताएका छन् । बडादशैं, शुभ दीपावली र छठ पर्वको उपलक्ष्यमा बीमा समिति कर्मचारी युनियनले आज ललितपुरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले समितिले बीमा कम्पनीहरुको पूँजी वृद्धिको निर्णय गरे अनुरुप पूँजी बृद्धिका लागि दुईवटा कम्पनी मर्ज भएका र अन्य २० वटा कम्पनीले मर्जरका लागि समितिबाट स्वीकृति लिएको बताए ।

अध्यक्ष सिलवालले नयाँ बीमा ऐन आएपछि बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुने र स्वायत्तताको अभ्यास गर्दै अगाडि बढ्ने बताए । मन्त्रीपरिषद पेश भएको राष्ट्रिय बीमा नीति स्वीकृत भएपछि सोही नीतिका आधारमा संघ, प्रदेश र स्थानीय तहमा बीमा सम्बन्धी काम कारवाही अगाडि बढ्ने र बीमा क्षेत्र थप व्यवस्थित हुने उल्लेख गरे ।

Prabhu
Crest

अध्यक्ष सिलवालले आगामी केही महिनाभित्रै प्रदेश नं. १, गण्डकी र लुम्बिनी प्रदेशमा पनि बीमा समितिका प्रदेश कार्यालयहरु स्थापना गरिने र मंसीरदेखि बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरुलाई अभियानका रुपमा संचालन गरिने जानकारी दिए ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा समितिका काम कारवाहीलाई अझ प्रभावकारी बनाउने क्रममा समितिको नयाँ कर्मचारी दरबन्दी स्वीकृत भएको बताए ।

कार्यक्रममा बीमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी), उपनिर्देशक पुनम ज्ञवाली (श्रेष्ठ),  उपनिर्देशक एवम् समितिको कर्णाली प्रदेश कार्यालयका प्रमुख पदम प्रसाद सोडारी, सहायक निर्देशक शम्भु प्रसाद मिश्र र सहायक निर्देशक रञ्जिता के.सीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सभापतित्व बीमा समिति कर्मचारी युनियनका अध्यक्ष पूर्ण बहादुर थापाले गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS