काठमाडौं । आज नेप्से परिसूचक ६ दशमलव ४१ अंकले बढेर १,८३७ दशमलव ४६ को विन्दुमा कायम भएको छ । आज १०० कम्पनीको शेयर मुल्य बढेको छ भने ७४ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै मन्दाकीनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव २० प्रतिशतका दरले कमाएका छन् । अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशमलव १९ प्रतिशतका दरले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले ७ दशमलव ८० प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ का इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।