काठमाडौं । आज शेयर बजारमा हरियाली छाएको दिन लगानीकर्ता उत्साहित भएका छन् । आज नेप्से परिसूचक १५ अंकले बढेको छ । आज १५२ कम्पनीको शेयर मुल्य बढेको छ भने २७ कम्पनीको शेयर मुल्य घटेको छ । आज होटल्स एण्ड टुरिजम बाहेक सबै उपसूचक बढेका छन् ।
आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका हुन् । अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । अपर हेवाखोला जलविद्युत कम्पनीका लगानीकर्ताले पनि ६ प्रशिततका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै गरिमा डिवेञ्चर २०८५ इकाईधनीले गुमाएका छन् । कम्पनीका डिवेञ्चर इकाईधनीले १० प्रशिततका दरले गुमाएका हुन् ।