IME Life
Beema Board

नेप्से परिसूचक १५ अंकले बढ्दा १५२ कम्पनीको शेयर मुल्यमा बृद्धि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचक बढेको छ । आज शेयर बजार नेप्से परिसूचक १५ दशमलव ९२ अंकले बढेको छ । आज नेप्से १५ अंकले बढेर १,८३१ दशमलव ०५ को विन्दुमा कायम भएको छ । आज १५२ कम्पनीको शेयर मुल्य बढेको छ भने २७ कम्पनीको शेयर मुल्य घटेको छ । आज होटल्स एण्ड टुरिजम बाहेक सबै उपसूचक बढेका छन् ।

आज दिनभरिमा २२९ कम्पनीको २१ लाख ७ हजार ७४२ कित्ता शेयर किनबेच हुँदा ६६ करोड ३० लाख १३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको २ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै नविल बैंकको २ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माई हाइड्रोपावर कम्पनीको २ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्तको २ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका हुन् । अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । अपर हेवाखोला जलविद्युत कम्पनीका लगानीकर्ताले पनि ६ प्रशिततका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गरिमा डिवेञ्चर २०८५ इकाईधनीले गुमाएका छन् । कम्पनीका डिवेञ्चर इकाईधनीले १० प्रशिततका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS