Connect IPS
IME Life

सूर्या लाइफले मर्जर अगाडी लाभांश नदिने, हाल जगेडा कोषमै राख्ने निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले मर्जर अगाडी लाभांश नदिने भएको छ । कम्पनीको आर्थिक वर्ष २०७७/७८ मा वितरण योग्य मुनाफा रहेता पनि सो मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगरी जगेडा कोषमै राख्ने निर्णय गरेको हो ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी सँग मर्जरको प्रकैयाँ अगाडी बढिरहेकोले अहिले तत्काल लाभांश नदिने निर्णय गरेको हो । कम्पनीको असोज ९ गते अपरान्ह साढे तीन बजेदेखि साढे चार बजेसम्म बसेको सञ्चालक समितिको ३२५ औ सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

Prabhu
Crest

बैंठकले सूर्या लाइफ र ज्योति लाइफ विच एक आपसमा गाभ्ने गाभिने सम्बन्धी प्रारम्भिक संझौतापत्रमा हस्ताक्षर भइ मर्जर प्रकृयाँ अगाडी बढिरहेको हुँदा कम्पनीको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७७/७८ मा रहेको मुनाफाबाट लाभांश वितरण नगर्ने जनाएको हो ।

सूर्या लाइफ र ज्योति लाइफले यहि कार्तिक पहिलो सातामा एकिकृत कारोबार गर्ने तयारी गरेका थिए । दुबै कम्पनी जीवन बीमा कम्पनीहरु मध्ये पहिलो मर्जर सम्पन्न गर्ने अन्तिम तयारीमा जुटेका छन् । कम्पनीले बीमितहरुको लागि भने आर्थिक वर्ष २०७७/७८ मा बोनसदर घोषणा गरिसकेको छ ।  मर्जरका कारण अहिले ज्योति र सूर्या लाइफको दोस्रो बजारमा कारोबार रोक्का छ ।

3aa168c4f6ef29530d720231d3f8be5b

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS