IME Life
GBIME

दुई बीमा कम्पनीको विशेष साधारणसभा आज हुँदै, मर्जरको प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सले आज असोज ११ गते विशेष साधारणसभा गर्दैछन्। जनरल इन्स्योरेन्सले अमृतभोग, कालिकास्थानमा विहान ११ बजे विशेष साधारणसभा बोलाउँदा सानिमा जनरल इन्स्योरेन्सले कुण्डलीन दरवार, चण्डोलमा विहान ११ बजे नै विशेष साधारणसभा बोलाएको छ ।

दुवै सस्थाको विशेष साधारणसभाले मर्जरलाई अन्तिम रुम दिने छ। मर्जर पश्चात बन्ने कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड हुने प्रस्ताव पनि दुवै कम्पनीको विशेष साधारणसभाले पास गर्ने प्रस्ताव रहेको छ। त्यस्तै एक बराबर एकको स्वापमा मर्ज हुने प्रस्ताव पनि सोही सभाले पास गर्ने कार्यक्रम रहेको छ ।

Crest

त्यस्तै दुवै कम्पनी मर्जर भए पश्चात सस्थापक र सर्वसाधारणको शेयर अनुपात ५१ बराबर ४९ कायम गर्ने विशेष प्रस्ताव पनि दुवै कम्पनीको सभाले पास गर्ने कार्यक्रम रहेको छ।

दुवै कम्पनीको विशेष साधारणसभा प्रयोजनको लागि असोज ६ गते बुक क्लोज गरेका छन् । बुक क्लोजको आधारमा असोज ५ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन योग्य हुने छन् ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई २ अर्ब ५० करोड चुक्ता पुँजी वृद्धिको लक्ष्य दिएको छ । एक बराबर एकको अनुपातमा मर्जरमा जाने भएकाले मर्जर पश्चात बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी २ अर्ब हुने छ । हाल दुवै कम्पनीको चुक्ता पुँजी १ अर्ब रहेको छ । मर्जर पश्चात बन्ने कम्पनीलाई बीमा समितिले दिएको लक्ष्य हासिल गर्न ५० करोड थप पुँजी आवश्यक पर्ने छ । प्रतिशतमा अझै २५ प्रतिशतले पुँजी वृद्धि आवस्यक रहेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS